रामपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु
रामपुर,१६ फागुन–लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ग्रामिण भेगका नागरिकलाई सहज स्वास्थ्यसेवा उपलब्ध गराउनु नै स्वास्थ्य क्षेत्रमा समाजबाद भएको बताउनुभएको छ । आईतबार पाल्पाको रामपुर अस्पतालमा शल्यक्रिया सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बरालले सो कुरा बताउनुभएको हो ।
सक्नेले हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने तथा ग्रामिण भेगका विपन्न वर्ग स्वास्थ्यसेवा नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य भए मात्रै नागरिकको पहँुचमा स्वास्थ्य सेवा पुग्ने मन्त्री बरालको विश्वास छ ।
पाल्पाको रामपुरमा बन्दै गरेको ५० शैयाको अस्पतालमा संरचना निर्माण सँगै मेडिकल सामाग्री, चौबिसैघण्टा ल्यावसेवा, एम्बुलेन्स सेवा लगायतका विभिन्न उपकरण उपलब्ध गराएर विकट भेगमा पनि डाक्टरबाट स्वाश्थ्य सेवा दिने कार्यमा आफ्नो सहयोग रहने बताउनुभएको छ । प्रदेशमा रहेका विभिन्न अस्पतालमा पालैपालो गरी डाक्टरको उपस्थिति हुने व्यवस्था मिलाउने प्रदेश सरकारको योजना रहेको जानकारी समेत दिनुभएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा लगायतले धारणा राख्नुभएको थियो ।
पाल्पाको रामपुरमा यसक्षेत्रकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा अवदेखि हर्निया, हाइड्रोशिल, एपेन्डिसाइटिस, गाठागुठी चिरफार तथा गर्भवति अवस्थाका महिलाको शल्यक्रिया सुविधा हुने अस्पतालले जनाएको छ ।
दैनिक ३ सय ५० जनासम्म बिरामीले सेवा लिने अस्पतालमा गत वर्षदेखि भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । एकवर्षमा ५ सय ३१ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । ६७ जना कर्मचारीले सेवा दिदै आएको अस्पतालमा अप्रेसन लगाएतका सेवा दिन नसक्दा ५० प्रतिशत गर्भवति महिलालाई बाहिर पठाउन बाध्य भएको अस्पतालका सुपरिटेण्डेन्ट डाक्टर विजय परियारले जानकारी दिनुभएको छ ।

जिल्ला सदरमुकाम तानसेनदेखि ६५ किलोमिटर पूर्व रहेको अस्पताल २०५२ सालमा प्राथमिक स्वास्थ्यकेन्द्र हुदै स्तरउन्नती भएर रामपुर अस्पतालका रुपमा संचालित छ । गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका नागरिकले अस्पतालबाट स्वास्थ्यसेवा लिदै आएका छन् ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















