गल्याङ नगरपालिकाले किसानलाई दियो ६ लाख अनुदान
गल्याङ,१६ फागुन–गल्याङ नगरपालिका २ बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई ६ लाख रुपैयाँ बढि अनुदान वितरण गरिएको छ ।
प्रति लिटरमा १५ रुपैयाँ अनुदान दिने नगरपालिकाको नीति अनुसार बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रका किसानलाई शनिबार ६ लाख ६ हजार ३ सय ६९ रुपैयाँ वितरण गरिएको हो ।
गल्याङमा रहेका १८ वटा दुग्ध संकलन केन्द्र मध्ये पछिल्लो चौमासिकमा वितरण गरिएको यो रकम सबैभन्दा धेरै हो ।
यस केन्द्रबाट सबैभन्दा धेरै रनमाया गुरुङले ८५ हजार ३ सय २० रुपैयाँ अनुदान मार्फत पाउनुभएको छ ।
केन्द्रबाट ५१ जना कृषकले अनुदान पाउँदा निलम सारु थापाले ८४ हजार १ सय ८० रुपैयाँ पाएर दोश्रो धेरै अनुदान पाउने कृषक बन्नुभएको छ ।
नेपाल सरकारको दुग्ध विकास संस्थानले तोकेको मुल्यमा किसानले दुध विक्री गरेपछि नगरपालिकाले थप १५ रुपैयाँ अनुदान दिदै आएको छ ।
अनुदान वितरण कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनको आधारमा किसानलाई अनुदान वितरण प्रक्रिया अत्यन्तै सफल बन्दै गरेको बताउनुभयो ।
उहाँले गल्याङ नगरपालिकालाई सेतो शहरको रुपमा विकास गर्नका लागि यो अभियानले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले अझै बढि उत्पादन गरी अझै बढि अनुदान लिने अवस्थाको सिर्जना गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘लिटरमा १५ रुपैयाँ अनुदानबाट चौमासिकमा एक जना किसानल १ लाख रुपैँया लिन पाउनुभयो भने मलाई सन्तुष्टी मिल्नेछ ।’
किसानले जति धेरै अनुदान पायो, आफु त्यति धेरै सफल हुने भन्दै उहाँले पछिल्लो समय किसानले दिएको साथबाट आफु उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशुसेवा शाखा प्रमुख सुशिल अर्यालले पछिल्लो समय गल्याङमा दुध उत्पादनमा कृषकहरु उत्साहजनक ढंगले लागिरहेको भन्दै शाखाको तर्फबाट सबै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष भीम भण्डारीले जनकल्याण दुग्ध संकलन केन्द्रलाई सहकारीमा रुपान्तरण गरिएको जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















