मल अभावमा किसान मर्कामापर्ने अवस्थाको अन्त्य ः मन्त्री अर्याल


काठमाडौं,२० फागुन–कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ । बिहीवार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
‘हामीलाई शंका थियो, यसमा सफलता प्राप्त ग¥यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ’, मन्त्री अर्यालले भन्नुभयो ।
तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुप्मा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने गरी मन्त्रालय अगाडी बढेको मन्त्री आर्यालले बताउनुभयो । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उहाँको भनाई थियो ।
अनुमानको आधारमा मलको आपुर्ती नभएर तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उहाँले बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘मलको आपुर्ती अनुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्ने गरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ ।’

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने रहेको मन्त्री अर्यालले बताउनुभयो । जसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइ सकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो ।
यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी धान खेतिका लागि मौज्दात रहने देखिन्छ । पछिल्ला ३ वर्षहरुको विक्रीको आधारमा साउनदेखि असोजसम्म १ लाख ३ हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ । जुन यस आर्थिक वर्षकै बाँकी मलबाट पुर्ती हुने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनेगरी प्रथम चौमासिक अवधीमा करिब ३ लाख मेट्रिक टन मल आपुर्तीको लागि यहि महिनाबाट आयात प्रक्रिया शुरु गरिने मन्त्री अर्यालले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal