धर्म, नैतिकता र आस्था

खुमकान्त अर्याल

हाम्रो समाजमा, जो ईश्वर र धर्म प्रति आस्थावान छ, उ नैतिक हुन्छ भन्ने परम्परागत धारणा रहेको पाईन्छ । तर यो विश्वास तथ्यमा आधारित छ वा छैन भन्ने विषयमा भने विद्दत समाजमा अहिले सम्म खुल्ला वहस हुने गरेको छैन ।
धर्म निरपेक्ष व्यक्तिहरुले नैतिकता धर्मबाट तटस्थ रहने व्यक्तिगत तथा समाजिक सदाचार हो भन्ने गर्दछन । धर्म र नैतिकता एक अर्काका परिपुरक हो भन्ने मत कसैको छ भने कतिले त माथि भने झै धर्ममा वाहेक नैतिकताको परिकल्पना नै गर्न नसकिने वताउँछन् । जे होस समाजको शान्ति र अमन चयन कायम राख्नको लागि धार्मिक सदगुणा र नैतिकता साधनको रुपमा उपयोग हुदै आएकोमा भने कसैको विमति हुदैन ।
साधारणतया धर्म भन्नाले स्वभाव र व्यवसायिक कर्तव्यको रुपमा पनि वुझिन्छ । व्यक्तिले आफ्रनो परिवारको पालन पोषण गर्नुलाई पनि धर्म भनिन्छ, त्यस्तै नागरिकको हैसियतले राज्यका प्रतिको आफना कर्तव्यहरु पुरा गर्ने, राज्यले जनताको जीउधनको रक्षा गर्ने, सुशासन कायम गर्दै राज्यको नेतृत्व समाल्नुलाई पनि धर्मकै रुपमा वुझ्रने गरिन्छ । विभिन्न धर्म सम्प्रदायहरुले तोके अनुसारको नैतिक नियमको पालना गर्ने, सेवा,दया, क्षमा,परोपकार, दान,धर्म, तथा जन्म देखी मृत्यु सम्मका सवै संस्कारहरु गर्ने कार्यलाई पनि धर्म भन्ने गरिन्छ । ईश्वर माथि आस्था राखेर यस जन्ममा धार्मिक नियम अनुसार कामहरु गरेर मरेपछि स्वर्गमा जान पाइने र पाप गरेमा नर्कमा जानु पर्दछ भन्ने विश्वास र सिद्दान्त प्रायः सवै धर्म सम्प्रदायको हुने गर्दछ । ध्यान चिन्तन साधनाबाट आन्तरिक ज्ञान र प्रज्ञालाई प्रकाशित गरि ज्ञान सम्मन्न हुने, तृष्णाबाट पार पाएर मोक्ष हुने पुरुषार्थलाई पनि धर्मकै रुपमा वुझ्रने गरिन्छ आचार्य रजनिश ‘सदगुरु ओसा’ेले दिनुभएको सन्देश पनि यहि हो । पारम्परिक धर्म सम्प्रदाय प्रति आस्था नभएका तर मानिस भित्रको शक्तिलाई जगाएर चेतना र ज्ञानको उचाई प्राप्त गर्दै सुपरम्यान वन्न सकिने कुरामा विश्वास गर्दछन केही अस्तित्ववादीहरु र उनीहरु पनि यसलाई नास्तिक धर्मकै दर्जामा राख्दछन् ।
धर्मको परिभाषा र क्षेत्र व्यापक भएता पनि शास्त्रमा उल्लेख भएका, कर्महरु तथा संस्कारगत कर्मकान्डका कार्यहरुलाई नै धर्म भनेर वुझ्रनेहरुको वहुमत छ अहिले सम्म । कर्मकाण्ड गर्ने,दया दान परोपकार व्रत उपवास जस्ता धेरै कुराहरु सवै सम्प्रदाय भित्र हुने गरेता पनि केही व्यवहार ठ्रयाक्कै उल्टो जस्तो पनि देखिन्छ । हिन्दु धर्ममा देवताको मुर्तीलाई पुजा गर्ने चलन छ भने मुस्लिम र ईस्लाम धर्ममा ईश्वरको मुर्ती वनाउन पुजा गर्न अपराध मानिन्छ, । वौद्द, जैन धर्ममा पनि मुर्ती पुजा गरिदैनथ्यो तर आजकल कुनै समुदायहरुले सुरु गर्न लागेको छन् । कुनै धर्ममा वलि प्रथा छ र कतै छैन । एउटै धर्ममा पनि सम्प्रदायहरुको नियमहरु फरक छ । यही फरक मान्यता र नियमलाई लिएर धर्म सम्प्रदायका वीच लडाईह हुने गरेको छ ।
विभिन्न धर्मको आआफ्रनै नैतिक नियम र निर्देशनहरु भएता पनि समग्र मानव जातिको शारिरिक स्वरुप,वनावट,शरीर तन्त्र, जन्म मृत्युका शास्वत नियमहरु र शरीरको आवस्यकताहरु भने एउटै भएको हुदा सवैका देवता वा ईस्वर पनि एउटै हुनुपर्ने हो । कसैका ईश्वर युवा छन् कसैका आकृतीमा देखाउन पाईदैन तर उनका पुत्र वा प्रतिनिधि दाडी पालेका वयस्क छन् । कोही आर्य कोही मंगोल अनुहारका छन । नियम र नैतिकता पनि वेग्ला वेग्लै छन तर यसको मुख्य श्रोत भने धार्मिक ग्रन्थ हो ।
एउटा उखान छ ‘मिँया की दौड मस्जिद तक’ । मानवजातिको शक्तिशाली मस्तिस्क, हाम्रा धर्म सम्प्रदायले निर्धारण गरेका नियम नैतिकता र मन्दिर मस्जिद चर्च ,गुम्वा र गुरुद्वारा सम्मको यात्रामै सीमित भएर थप खोजबाट वन्चित भएका त छैनौ ? मानव मस्तिक स्वतन्त्रतामा, संदेहमा, आशंकामा, आवश्यकतामा तिखारिदै अगाडि वढ्रद छ र श्रृजनात्मक र आविस्कारक वन्दै जाने कुरा विकासक्रमले देखाएको छ ।ु वेदान्त दर्शनमा पनि साधनाबाट अगाडि वढ्रदै गर्दा जे पाउँछौ त्यो होइन त्यो भन्दा थप कुरा खोज वा पन्छाउदै अगाडि वढ, जसलार्ई नेती नेती भनिने गर्दछ । धर्मग्रन्थ पढ्रयौ, मीठा प्रवचन सुन्यौं ,एकाध पटक म्िन्दर मस्जिद चर्च गुम्वा पनि गयौ ईश्वर छन् भन्नेमा ढुक्क भयौं, खोजको लागि यात्राको जोखिम झेल्नै परेन । अझ अहिले त वजारमा यति फटाफटका धार्मिक आध्यात्मिक संगठनहरु छन तर्पाइ तँहाको सदस्य हुनुहोस र २।४ पटकका प्रवचन वा उनीहरुका प्रशिक्षणमा सहभागि हुनुहोस र इनलाटमेन्ट भैहालिन्छ रे । जीवन, र जगतको रहस्य, आँफ्रनो असली परिचय, र सत्यका वारेमा २।४ दिन पढेर,सुनेर वा सामान्य प्रशिक्षणमा सहभागी भई म ज्ञानी भएँ भनी उपरी धारणा वनाएर परिवर्तन सम्भव छैन तर मेहनत र संकल्पले जीवनको रहस्य फेला पार्न असम्भव पनि छैन भन्छन महापुरुषहरु ।
प्रशिद्द जर्मन दार्शनिक फ्रेडरिक नित्सेको जरथुस्त्र नामको कितावका पात्र जरथुस्त्रले घर छाडेर १० वर्ष सम्म पहाडमा वसेर आँफुलाई चिन्ने प्रयास गरे । कुनै एक सुनौलो विहानीमा उनलाई ज्ञान प्राप्त भयो र उनी हिजो जस्तो रहेनन् उनले आँफु भित्रको गिद्द र साँपलाई देखे जसले डसीरहन्थ्यो । मानिस के कारणले द्ुःखी छ भन्ने थाहा पाए र द्ुःखबाट मुक्त हुन र इश्वर प्राप्तीका लागि कृष्चियन धर्ममा लादिएका आस्था नियम र नैतिकताले गर्दा मानिस सत्य जान्ने अवसरबाट वन्चित भएको पनि थाहा पाए । तव यो खवर सुनाउन हिडेका जरथुस्टत्रले वाटोमा ईस्वरको खोजीमा हिडेका एक वृद्दलाई ईश्वर मरिसकेको वताए । ईश्वर प्राप्तीकालागि पोप पादरीले खडा गरेका नियम र नैतिकताहरुले कसैको कल्याण गर्न असमर्थ छ यसर्थ यो बाटो छाडेर आफ्रनो इच्छाशक्तिलाई वलियो वनाउन सकेमा आँफुमाथि विजय प्राप्त गर्दै आजको भन्दा ज्ञान, विवेक सम्पन्न महामानव वन्न सकिने अर्थमा र मान्छेका आवस्यकताहरु विज्ञानले र राज्यले पुरा गरिदिन थालेकोले अव इश्वरको प्राशंगिकता समाप्त भएको भन्ने अर्थमा समेत नित्सेले आफ्रना कितावी काल्पनिक पात्र जरथुस्त्र मार्फत इश्वर मरिसकेको भनेका थिए । अरुले थोपरेको नियम नैतिकता र आस्थालाई नित्सेले प्रगतिको अवरोधक तथा श्रृजना विहिन मान्दथे ।
यो आस्था भन्ने कुरा मानिसको अहं संग जोडिएको हुन्छ वा आस्था र व्यक्ति वीचको मिलनले एक अभिन्न परिचय वन्दोरहेछ की जस्तो लाग्यो । किनभने कुनै पनि आस्था ग्रहण गरिसकेपछि कसैले त्यसको आलोचना गरेमा त्यस वारेमा गहन विष्लेषण गर्न कोही तैयार भएको पाईदैन र घाईते भएजसरी आलोचक माथि थप जाईलागि हाल्छौं । परिवर्तनका वाहक जोशिला युवाहरुमा समेत आँखा चिम्लेर राजनैतिक तथा सामाजिक घटनाक्रमको सत्य तथ्य नवुझिकन समर्थन र विरोध गर्ने परिपाटी वढ्रदै छ, । राम्रो भएको कुरालाई राम्रो स्वीकार गर्न र गल्ति भएको कुरालाई गल्ति भन्न जव सम्म सकिदैन तव सम्म गल्ति गर्नेको दुस्साहस वढ्रदै जान्छ र राम्रो गर्नेहरु निरुत्साहित हुदै जादा कस्तो समाज वन्दै जाला ? के आस्था राख्दैमा वस्तुस्थितिको स्वतन्त्र विष्लेषण गर्ने क्षमता गुमाउनै पर्दछ ? यो अर्थमा नित्सेको आस्था प्रतिको भनाई सत्य सावित हुदैछ । यसर्थ कुनै आस्थामा वा प्रायोजित नैतिकताको अलमलमा पर्नुभन्दा आफ्रनो स्वअध्यायन र खोजबाट स्वयंमा अन्तर्निहित प्रज्ञालाई जगाए पछिको विवेकले असली बाटो, आफ्रनो मर्यादा र नैतिकताहरु आँफै निर्धारण गर्दछ, जो श्रृजनात्मक हुन्छ, स्वावलम्वी र स्वतन्त्र पनि,जसले मानव हुुनुको गरिमा सावित गर्दछ ।
लेखक अर्याल वालिङ ६ स्याङ्जा निवासी हुनुहुन्छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal