किसानलाई सम्मान गर्नुपर्छ ः मन्त्री अर्याल
स्याङ्जा, १० फागुन– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । गल्याङ नगरपालिका १ सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार (आज) देखि व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कार विस्तारै परिर्वतन हुदै आएको बताउदै मन्त्री अर्यालले अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुदै गएको बताउनुभयो । किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउदै मन्त्री अर्यालले भन्नुभयो, ‘कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ ।’
कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै मन्त्री अर्यालले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताउनुभयो ।
कृषकलाई व्यवसायिकरतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने बताउदै मन्त्री अर्यालले भन्नुभयो, ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।’
माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उहाँले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताउनुभयो ।
नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उहाँको भनाई थियो ।
स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने मन्त्री अर्यालले बताउनुभयो । सार्वजानिक माध्यमिक विद्यालय मालुुङ्गामा भएको क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै छात्राहरुका लागि मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्ड समेत हस्तान्तरण गर्नुभएको थियो ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















