किसानलाई सम्मान गर्नुपर्छ ः मन्त्री अर्याल


स्याङ्जा, १० फागुन– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । गल्याङ नगरपालिका १ सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार (आज) देखि व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
काम गरेर खाने वर्गलाई हेलाहोचो गर्ने विगतको संस्कार विस्तारै परिर्वतन हुदै आएको बताउदै मन्त्री अर्यालले अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुदै गएको बताउनुभयो । किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउदै मन्त्री अर्यालले भन्नुभयो, ‘कृषि कर्म गर्नेलाई होच्याउने होईन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ ।’
कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै मन्त्री अर्यालले कृषिमा आधुनिकिकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागि सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताउनुभयो ।
कृषकलाई व्यवसायिकरतर्फ आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने बताउदै मन्त्री अर्यालले भन्नुभयो, ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागि विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ ।’
माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उहाँले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताउनुभयो ।
नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उहाँको भनाई थियो ।
स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भईरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने मन्त्री अर्यालले बताउनुभयो । सार्वजानिक माध्यमिक विद्यालय मालुुङ्गामा भएको क्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै छात्राहरुका लागि मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेशिन र खानेपानीका लागि युरोगार्ड समेत हस्तान्तरण गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal