प्रविधिमैत्री काममा जोड दिन्छौंः कृषक


वालिङ,६ फागुन–वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । प्रविधिको प्रयोग गरेर काम गर्दा कम लागतमा धेरै उत्पादन लिन सकिने कृषकहरुको भनाईरहेको छ । उनीहरुले बजारको सहज व्यवस्थापनका साथै जंगलीजनावरबाट बालीनालीमा हुने क्षयतीको सुरक्षा संगै प्रविधिमैत्री काममा जोड दिएका थिए ।
कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने,अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अति प्राथमिकता दिनुपर्ने समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो ।

कार्यशालामा सहजीकरण गर्दै काठमाण्डौं विश्वविद्यालयका सहायक प्राध्यापक रोशी लामिछानेले व्यवशाय प्रवद्र्धनमा नविनतम सोचको प्रयोग,काम गर्ने क्रममा देखापर्ने समस्याको सही र सहजरुपमा निराकरण,समस्या र समधानका फरक फरक तरिकाबाट समाधानको प्रयास लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उद्यमशीलताका अभियान्ता एवं स्तम्भकार दिनकर नेपालले समेत सहजीकरण गर्नु भएको थियो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal