प्रविधिमैत्री काममा जोड दिन्छौंः कृषक


वालिङ,६ फागुन–वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । प्रविधिको प्रयोग गरेर काम गर्दा कम लागतमा धेरै उत्पादन लिन सकिने कृषकहरुको भनाईरहेको छ । उनीहरुले बजारको सहज व्यवस्थापनका साथै जंगलीजनावरबाट बालीनालीमा हुने क्षयतीको सुरक्षा संगै प्रविधिमैत्री काममा जोड दिएका थिए ।
कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने,अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा अति प्राथमिकता दिनुपर्ने समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा जानकारी गराईएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो ।

कार्यशालामा सहजीकरण गर्दै काठमाण्डौं विश्वविद्यालयका सहायक प्राध्यापक रोशी लामिछानेले व्यवशाय प्रवद्र्धनमा नविनतम सोचको प्रयोग,काम गर्ने क्रममा देखापर्ने समस्याको सही र सहजरुपमा निराकरण,समस्या र समधानका फरक फरक तरिकाबाट समाधानको प्रयास लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उद्यमशीलताका अभियान्ता एवं स्तम्भकार दिनकर नेपालले समेत सहजीकरण गर्नु भएको थियो ।

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal