भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव सम्पन्न
गल्याङ,६ फागुन– गल्याङ नगरपालिका ३ गल्याङबजारमा रहेको भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहमा बोल्दै नगरप्रमुख भुपराज अधिकारीले विद्यार्थीका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘बालबालिकालाई कसरी राम्रो बनाउने भन्ने बारेमा सबैले महत्व दिनुपर्ने हुन्छ । भोली कस्तो बनाउने भन्ने कुरा आजका विद्यार्थीको भविश्यले निर्धारण गर्छ । त्यसकारण हामी विद्यालय लक्षित बालबालिका केन्द्रीत कार्यक्रम ल्याउन लागेका छौं ।’
नगरप्रमुख अधिकारीले गल्याङमा कृषि र पूर्वाधारका क्षेत्रमा विभिन्न कामहरु भैरहेको बताउदै अब शिक्षा क्षेत्रलाई अझै बढि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विद्यालयलाई राम्रो बनाउनका लागि आफ्नो तर्फबाट सम्पूर्ण सहयोग रहने बताउनुभयो ।
उहाँले विद्यालयबाट उत्पादित जनशक्ति अहिले धेरै ठाउँमा पुगेको भन्दै गल्याङको केन्द्रमा रहेको यस विद्यालयलाई सबैले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष बस्यालले विद्यालयको गुणस्तर बृद्वि गरी अझै राम्रो बनाउन विद्यार्थी, अभिभावक, सरकार र सबै नागरिकको उत्तिकै दायित्व हुने बताउनभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख केदारराज आचार्य, नगरपालिका शिक्षा समिति सदस्य, राजेन्द्रदेब खनाल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















