खेल क्षेत्रको विकासको लागि सहयोग हुन्छः सभापती रेग्मी
वालिङ,२ फागुन–गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन प्रसाद रेग्मीले खेलाडी र खेल क्षेत्रको विकासको लागि सदैव सहयोग गर्ने बताउनुभएको छ । शनिबार देखि स्मार्ट युथ क्लब वालिङ १० को आयोजनामा भकुण्डे स्थित पूर्णामृत भवानी माविको खेल मैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै रेग्मीले खेल क्षेत्र र खेलाडी संगै सिंगो नगरपालिकाको विकास निर्माणमा आफ्नो तर्फबाट सक्दो भूमीका खेल्ने समेत बताउनुभयो । गण्डकी प्रदेश सरकार एक स्थानीय तह एक खेल मैदान निर्माण गर्ने योजनामा लागेको बताउदै यो कार्यले पनि खेल क्षेत्रमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेकपा क्षेत्र नम्बर दुईका अध्यक्ष कृष्ण खाँण, वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैह्रे क्लबका हल्लाहाकार उमेश दर्लामी अगायतले बोल्नुभएको थियो । क्लबले एकै पटक भलिबलका साथै सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरेको र प्रतियोगित दश दिन सम्म सञ्चालन हुने अध्यक्ष निर्मल गुरुङले जानकारी दिनुभयो ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















