घुर्पालमा काजक्रिया भवनको उद्घाटन


वालिङ,२ फागुन–वालिङ नगरपालिका वडा नम्बर ९ मा निमार्ण गरिएको काजक्रिया भवनको उद्घाटन गरिएको छ । पेन्सन क्याम्परोड आमा समूहद्वारा वालिङ ९ घुर्पालमा निर्माण गरिएको काजक्रिया भवनको वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सहरिकरणको बढ्दो अवस्थामा यस प्रकारका भवनहरुको अति आवश्यक पर्ने भएकोले संस्कार जोगाउनको लागि पनि यो कार्य निकै महत्वपूर्ण हुने बताउनुभो । नगरपालिकाले यस प्रकारका सामाजिक कार्यहरुको लागि सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष अनन्तराज गैह्रेले महिला दिदीबहिनीहरुले महत्वपूर्ण काम गरेको भन्दै समाजको विकासको लागि सबै एक भएर लाग्दा हरेक काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा सुरेश गैह्रेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम श्यामला काफ्लेको अध्यक्षता र सीता डुम्रेको सञ्चालनमा सम्पन्न भएको थियो । भवन निर्मामा रु ६ लाख रुपैँया खर्च भएको सीता डुम्रेले जानकारी दिनुभयो ।
मसाजमा मृत्यु भइसकेपछि मृतकका परिवार एवं आफन्तजनलाई काजक्रिया गर्ने क्रममा सहयोग पुगोस भन्ने उद्देश्यले काजक्रिया भवनको निर्माण गरिएको आमा समूहले जनाएको छ ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal