समाजसेवी गैह्रेको सम्मानमा श्रद्धाञ्जली सभा


वालिङ,१ फागुन–समाजसेवी यज्ञ प्रसाद गैह्रेको सम्मानमा श्रद्धाञ्जली सभा गरिएको छ । वालिङ नगरपालिका १० निवासी गैह्रेको उपचारका क्रममा माघ २३ गते उपचारका क्रममा भैरहवामा निधन भएको थियो । ८१ वर्षको उमेरमा निधन हुनुभएका गैह्रेको सम्मानमा नेकपा वालिङ वडा नम्बर १० ले नवउँ दिनको दिन श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली सभामो बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन प्रसाद रेग्मीले स्वर्गीय गैह्रेले सामाजिक क्षेत्रमा निकै महत्वपुर्ण योगदान पुर्याउनुभएको बताउदै उहाँबाट समाज सेवामा लाग्नेहरुले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । गैह्रेको निधनले सिङ्गो समाजका साथै नेकपालाई ठुलो क्षती पुगेको बताउदै स्वर्गीय गैह्रे प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभामा वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँण, श्यामप्रसाद आर्याल लगायतले श्रद्धाञ्जली सभा उहाँले समाजमा पुर्याएको योग्दानको चर्चा गर्दै श्रद्धाञ्जली व्याक्त गर्नुभएको थियो ।
स्वर्गीय गैह्रे नेपाल कम्युनिष्ट पाटी स्याङ्जाको सल्लाहाकार बिभिन्न शैक्षिक संस्थाहरुमा रहेर काम समेत गर्नुभएको थियो । जिल्लाको शैक्षीक क्षेत्रमा उहाँले खेल्नुभएको भूमिका निकै महत्वपुर्ण रहेकाछन् । पूर्णामृत भवानी माविको संस्थापक प्रअका साथै वालिङ बहुमुखि क्याम्पसको सञ्चालक समितिको अध्यक्ष समेत भएर शैक्षीक क्षेत्रको विकासमा गैह्रेले काम गर्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal