म ठिकठाक छु, कोरोनाविरुद्धको खोप लाउँदिन भन्दै नभनौं
डा. भावना खकुरेल
कोरोनाविरुद्धको खोप किन आवश्यक भन्ने वहस अहिले संसारभर चलिरहेको छ । यहाँहरु आफू तन्दरुस्त हुनुहुन्छ, कोरोनाबाट भाइरसले कति जनालाई त कुनै लक्षण नदेखिएरै पनि यहाँहरु रोगमुक्त हुनुभएको छ । त्यस्तो पनि हुनसक्छ ।
म खोप लगाउदिगन भनेर त्यसरी नसोच्नुहोला । किनभने यहाँहरु आफूलाई केहि नभए पनि यहाँहरुले संक्रमण गराउन सक्ने क्षमता हुन्छ । यदि सबैले खोप लगाएर आफूलाई सुरक्षित राख्नुभयो भने हामीले समाजमा त्यस्ता व्यक्तिहरु जो खोप लगाउन नसक्ने अवस्थाका हुनुहुन्छ, विभिन्न रोगका कारण, रोग प्रतिरोधात्मक क्षमताकाको कमी भएका व्यक्तिले यो खोप लगाउनु सक्नुहुन्न । हामीले खोप लगायौ भने आफूलाई केहि नभए पनि त्यस्ता व्यक्तिलाई सार्नबाट त जोगाउने भयौ नि ।
उनीहरु पनि यहाँहरुको कारणले सुरक्षित हुने भए । खोप लगाएर के पनि हुन्छ भने जटिल अवस्थामा पुग्नसक्ने विरामीको चाप कम हुन्छ अस्पतालमा । त्यस कारण स्वास्थ्यकर्मीलाई पनि यो रोगका विरामीलाई अस्पतालमा संख्या कम भएपछि व्यवस्थापन गर्नका लागि सहज हुन्छ ।
यसले यहाँहरुले खोप लगाएका कारणले गर्दा स्वास्थ्यकर्मी र अस्पताललाई पनि सहयोग पुग्छ । त्यसैले खोप लगाएर हामी आफूमात्र सुरक्षित हुन्छौ भन्ने होइन । हामीले समग्रमा यो रोगलाई महामारीको दर्जा जुन पाएको छ, त्यो दर्जाबाट तल झार्नका लागि पनि यहाँहरुले लगाएको खोपले योगदान गर्छ ।
यसै कारणले जतिसुकै यहाँहरु स्वस्थ हुनुहुन्छ र मलाई कोरोना लागे पनि केहि हुँदैन भन्ने सोच्नुहुन्छ भने पनि त्यस्ता हरेक व्यक्तिले खोप लगाउन जरुरी छ । हाम्रो आफ्नो लागि मात्र होइन, आफ्नो घर परिवार, आफन्त, समाज र सारा विश्वलाई नै यो महामारीको चपेटाबाट मुक्त गराउनका लागि हामीले खोप लगाउन अत्यन्त आवश्यक छ ।
हुन त इतिहासमा यस्ता महामारी पहिला नभएका पनि होइनन्, धेरै यस्ता महामारी । जस्तै साधारण दादुरा, निमोनिया, क्षयरोग जस्ता धेरै रोगले कुनै जमानामा यस्तै विकराल रुप लिएका थिए । तर हामीले विज्ञानमाथी भरोसा गर्यौ र औषधी, खोप लगायौ, त्यसै कारणले आज ती रोग हाम्रो नियन्त्रणमा छन् । हामीले केहि नभए पनि उपचार गर्न सक्छौ वा रोग लाग्न नदिने खोप पनि लगाएका छौ । त्यसरी नै अहिले पनि हामी सबैले विज्ञानमाथि फेरी एकपटक भरोसा गरेर खोप लगाउन आवश्यक छ । अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सबैले लगाउँ, जिवन बचाउँ ।
स्रोत नेपाल प्रेस
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















