फुलबारी बचत तथा ऋण सहकारी संस्था सम्मानीत

वालिङ,३० माघ– वालिङ नगरपालिका १० भकुण्डे स्थित क्याम्पस चोकमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्था सम्मानीत भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले जिल्ला सदरमुकाममा वालिङमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबार नियमित एवं उत्कृष्ठ गरेको भन्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडको जिल्ला सदरमुकाममा सेवा कार्यालयको स्थापनाको अवसर पारेर सम्मान गरेको हो । स्थापना कालको छोटो समयमै एक स्थापित संस्थाको रुपमा पहिचान बनाउन सफल भएको फुलबारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक, सामाजिक एवं शेयर सदस्य केन्द्रित कार्यक्रहरु सञ्चालन गर्दै आएको छ भने वालिङ नगरपालिका १४ डुम्रेभञ्ज्याङबाट समेत सेवा दिदै आएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गरेको सम्मानले आफुहरुलाई थप उत्साहित बनाएको सहकारीका अध्यक्ष शोेभाकान्त पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, ‘राष्ट्रिय सहकारी बैंक लिमिटेडले हाम्रो संस्था फुलबारी बचत तथा ऋण सहकारीलाई जिल्लामै उत्कृष्ठ संस्थाका रुपमा सम्मानीत गरेको छ, यो सम्मानले काम गर्ने थपहौसला मिलेको छ । संस्थाले भवन निर्माणको लागि जग्गा समेत किनिसकेको र आफ्नै भवनबाट सेवा प्रभाहा गर्ने योजना अनुसार काम भइरहेको समेत जानकारी दिनुभयो ।


ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















