११ महिना पछि खुल्यो चर्चित अकलादेवी मन्दिरमा पूजाआजा, फोटो फिचर


हिमलाल पराजुली
वालिङ,३० माघ– वालिङ नगरपालिका–१२ स्थित घुरुङ्खाँगाउँमा रहेको चर्चित अकलादेवी मन्दिरमा फागुन १ गतेदेखि पूजाआजा नियमित रुपमा खुला गरिनेभएको छ । लामो समय सम्म बन्द रहेको मन्दिरमा पूजाआजा गर्न पाउँनेभएपछि भक्तजनहरु हर्षित भएकाछन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएपछि गएको चैत १० गतेदेखि मन्दिरमा पूजाआजा गर्न रोक लगाइएको थियो ।

विश्व त्रसित भइरहेका बेला मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनका कारण एकअर्कामा सङ्क्रमण फैलिन सक्ने भन्दै मन्दिरमा हुँदै आएको पूजापाठ दर्शनलगायतका सबै काम बन्द गरिएकोभए पनि कोरोना संक्रमण घट्दै गएको र भ्याक्सिन समेत नेपाल सरकारले लगाउन सुरु गरेपछि लामो समय सम्म मन्दिरमा रोकिएको पूजापाठ एवं दर्शन खुलागर्ने निर्णयमा मन्दिर व्यवस्थापन समिति पुगेको हो ।

स्थानीय भविराज गुरुङले कोरोना सङ्क्रमण घट्दै गएकोले फागुन १ गतेदेखि मन्दिरमा नियमित पूजाआजा सञ्चालन गर्नलागिएको बताउनुभयो ।
निकै चर्चित रहेको अकलादेवी मन्दिरमा दर्शन गर्नका लागि देशबाट मात्रै नभएर छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजन आउने गरेको मन्दिरका पूजारी टिकराज गुरुङले बताउनुभयो । गारो अप्ठ्यारो परेका बेला तीन कन्या अकलादेवीलाई भाकल गर्ने र आफ्नो भाकल पूरा भएपछि भेटी लिएर मन्दिरमा देवीको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तीन मूर्ति छन् । तीनवटा शिलाका मूर्तिलाई तीन कन्या भनिन्छ भने प्रसूति अवस्थामा रहेका मूर्ति पनि देख्न सकिन्छ ।

धार्मिक किंवदन्तीअनुसार देवी प्रश्रव पीडामा छट्पटाइरहेका बेला त्यस ठाउँमा आइपुग्दा बिहानपख उज्यालो भएको सङ्केतस्वरूप कुखुराको भाले बासेकाले देवी प्रसूति हुन नसकेर बीचैमा अड्किएकाले यस मन्दिरको नाम अकलादेवी रहन गएको स्थानीय बूढापाका बताउँछन् ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal