वालिङमा दुनाटपरी बनाउने तालिम

वालिङ,२७ माघ–वालिङ नगरपालिका ८ छेउडाडामा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु भएको छ । तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्थानीय स्रोत साधनको सही उपयोग गर्ने रणनीतिलाई नगरपालिकाले जोड दिएको बताउनु भयो । उपप्रमुख तिवारीले स्थानीय स्रोतको सही र दीगो उपयोगले मात्रै आर्थिक प्रगती सम्भव भएको बताउनुभयो ।
स्थानीय स्तरमा सहजै पाइने कच्चा पदार्थको प्रयोग गरी दुनाटपरी बनाउन सकिने भन्दै नगर उपप्रमुख तिवारीले प्लाष्टिकजन्य उपभोगलाई क्रमश कम गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत व्यवशायीक रुपमा दुनाटपरी उत्पादन गर्ने लक्ष्यका साथ तालिम शुरु भएको हो । तालिममा स्थानीय छेउडाँडा शील्पकला समूहले सहजीकरण गरिरहेको स्थानीय समाजसेवी तथा कार्यपालिका सदस्य गीता रणपालले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानीय स्तरमा उत्पादन हुने दुनाटपरीको वालिङमा राम्रो सम्भावना रहेको बताउनु भयो । नयाँ कामको थालनी प्रति पंशसा गर्दै अधिकृत ज्ञवालीले कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन सहयोग पुग्ने ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदी, दियालो संस्थाका अध्यक्ष कविता तिवारी दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, लगायतले बोलेका थिए । तीन दिन सम्म चल्ने तालिममा तालिममा ३० जनाको सहभागिता रहेको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal