भकुण्डेमा रहेको उद्योगमा आगलागी, लाखौको क्षती
वालिङ, १० माघ– वालिङ नगरपालिका १० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार दिउसो उद्योगमा विद्युतीय मोटरबाट निस्किएको आगोले उद्योगमा रहेको कपास लगायतका वस्तुमा आगो सल्किएपछी उद्योग पूर्णरुपमा जलेर नष्ट हुदा लाखौको क्षतीभएको छ ।
वालिङ नगरपालिका ६ का टिकाराम पाण्डेले विगत ५÷६ वर्षदेखि सिरक डस्ना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । उद्योगमा कर्मचारीले काम गर्दागर्दै आगलागी भएपछि सुरक्षाकर्मी स्थानीय बासिन्दा र वालिङ नगरपालिकाको दमकलको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा क्षतीभएको र क्षतीको बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।