स्याङ्जा उद्योग वाणिज्य संघको अधिवेशनको सुरु
स्याङ्जा,२ माघ– स्याङ्जा उद्योग वाणिज्य संघको ३७ औं साधारणसभा एवं १५ औं अधिवेशनको उद्घाटन सत्र शुक्रवार जिल्ला सदरमुकाममा सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दे नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले निजीक्षेत्र र नेपाल सरकारको सहकार्य बिना अर्थतन्त्रलाई मज्बुद बनाउने सम्भावना नभएको बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले करको दर घटाएर दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो । कोरोना संक्रमणका कारण नौ महिना ब्यापार घाटा सहेका व्यावसायीहरुले कर बुझाउन तयार भए पनि सरकारले व्यावसायीहरुका लागि कुनै सहयोग नगर्नु दुःखद भएको उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले दुई वटा ठुला बजार बुटवल र पोखराको बिचमा रहेको स्याङ्जा जिल्ला उद्योग र व्यावसायका क्षेत्रमा अपेक्षाकृत प्रगति गर्न नसकेको बताउनुभयो । बजारको पहुच राम्रो हुदाहुदै पनि ठुला उद्योगहरुको स्थापना हुन नसक्नुका प्रमुख कारण सडक सञ्जाल पनि रहेकोले सिद्धार्थ राजमार्गको निर्माण गर्ने क्रममा निर्माण गरिएको राम्दी पुललाई स्तर उन्नती गरी हेभी सवारीसादन सञ्चालनको लागि नयाँ पुलको निर्माण संगै सिद्धार्थ राजमार्गको बिस्तार गर्नु पर्ने बताउनुभो । राम्दी पुलबाट ठुला मालबहाक सवारी सादन सञ्चालनमा समस्या भएकोले नै जिल्ला बासि व्यापारीका साथै उपभोक्ताहरु बढिमुल्य तिर्न बाध्य भएको अध्यक्ष पौडेलको भनाइ थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु देवकुमार श्रेष्ठ, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन प्रजापति, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष बिक्रान्तकुमार श्रेष्ठको अधयक्षतामा सम्पन्न कार्यक्रम महासचिव भिमकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















