अमेरिकामा मन्त्रिमण्डल गठनको तयारी, ययस्तो हुनेछ बाइडेनको ‘इन्द्रेणी’ मन्त्रीमण्डल, संसारकै ‘समावेशी’ क्याबिनेट बनाउने कसरत

विष्णु शर्मा
काठमाडौं,३ माघ– जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सुरु गर्न लागेका जो बाइडेनको मन्त्रिमण्डलले लगभग पूर्णता पाएको छ । सम्भावित मन्त्रीमण्डलको स्वरुपको चर्चा पनि सुरु भएको छ ।
बाइडेनले छानेका मन्त्रीको अनुहारमा अधिकांश ओबामा प्रशासनकै अनुहार छन् । प्रक्षेपित ती अनुहार मन्त्रीमण्डलमा अटाए भने यसले अमेरिकी प्रशासनमा समावेशिताको कीर्तिमान त बनाउने छ नै, साथै यसले अमेरिकी लोकतन्त्रमा विविधता थप्ने अनुमान गरिएको छ ।
चुनावी अभियान थाल्दादेखि नै बाइडेनले मन्त्रीपरिषद् ‘अमेरिका’जस्तो देखिने बताएका थिए । भन्नुको अर्थ, अमेरिकाले कल्पना गरेको विविधता क्याबिनेटमा प्रतिविम्वित हुनेछ भन्ने हो । बाइडेनले महिलालाई अघि लगाएका छन् भने जातिय अल्पसंख्यकलाई पनि स्थान दिने निश्चित भएको छ । तर, कतिपयले चाहिँ अझै समावेशी हुनुपर्ने धारणा राखेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि आयोजित समारोहमा जो बाइडेन र कमला ह्यारिस लगायत उनको मन्त्रिमण्डलका सम्भावित सदस्यहरु ।
यी सबै सम्भावित मन्त्रीलाई विभाजित सिनेटले अनुमोदन गर्नुपर्नेछ । तर, सिनेटमा दलिय मध्यस्थकर्ताको रूपमा छवि बनाएका जो बाइडेनलाई यो अनुमोदन जुटाउन उति कठिन हुनेछैन । वासिङ्टनमा आफ्नो छवि बनाएका र अनुभव बटुलेका ठूला नामलाई बाइडेनले छनौट गरेका छन् ।
बाइडेन र उनको टीमको अहिलेको मुख्य चुनौति भनेकै कोरोनाभाइरस महामारी नियन्त्रण र महामारीले सिर्जना गरेको आर्थिक संकटसँग जुध्नु हो । शनिबारसम्म भाइरसबाट अमेरिकामा ज्यान गुमाउनको संख्या ३ लाख ७० हजार पुगेको छ । लाखौंले जागिर गुमाएका छन् । बाइडेनले छानेका यी सम्भावित मन्त्रीले कोरोनाभाइरस महामारीबाट राहत दिलाउने योजनामा साथ दिनुपर्नेछ । साथै, घरेलु र बाह्य नीतिमा समर्थन जनाउनुपर्नेछ ।
यस्तो हुनेछ सम्भावित मन्त्रिपरिषद्
सेक्रेटरी अफ स्टेट स् टोनी ब्लिंकेन
बाइडेन डेलावेयरबाट सिनेटर हुँदाताका यिनी वैदेशिक सम्बन्ध समितिका निर्देशक थिए । सन् २००८ को बाइडेनको राष्ट्रपति चुनावी अभियानमा पनि सहभागि थिए । बाराक ओबामाको दोस्रो कार्यकालमा उनी सहायक सेक्रेटरी अफ स्टेट थिए । बाइडेन उपराष्ट्रपति टोनी राष्ट्रिय सुरक्षा सल्लाहकार समेत थिए । सन् २०१७ मा उनले वेस्टएक्सेज नामक परामर्शदात्री फर्म खोलेका थिए । २०२० को राष्ट्रपति चुनावी अभियानमा उनी बाइडेनको प्रमुख विदेशी मामिला सल्लाहकार थिए ।
सेक्रेटरी अफ दी ट्रेजरी स् जेनेट एलेन
अमेरिकी फेडरल रिजर्भलाई नेतृत्व गर्ने पहिलो महिला थिइन् जेनेट । यदि उनी छानिइन् भने अमेरिकी केन्द्रिय बैंकलाई नेतृत्व गर्ने पहिलो महिला हुनेछिन् । साथै, ह्वाइट हाउसको आर्थिक सल्लाहकार पनि । सन–फ्रान्सिस्को फेडको प्रमुखसहित गर्भनर, युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्राध्यापक पनि थिइन् उनी ।
सेक्रेटरी अफ डिफेन्स स् लियोड अस्टिन
४० वर्षभन्दा बढी समय उनी अमेरिकी सेनामा कार्यरत रहे । मध्यपूर्वमा सैन्य अप्रेसन हेर्ने अमेकिरी सेन्ट्रल कमान्डको रुपमा उनी चारवर्षअघि कार्यरत थिए । एरोस्पेस, प्रतिरक्षा कम्पनी रेथियोन टेक्नोलोजी, हस्पिटल चेन टेनेट हेल्थकेयर, स्टिल उत्पादक कम्पनी नुकोर कर्पमा उनी आबद्ध छन् । लियोडलाई नियुक्त गर्न सिनेटको अनुमोदन जरुरी हुन्छ ।
महान्यायाधिवक्ता स् मेरिक गारल्यान्ड
सन् १९१७ मा तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले गारल्यान्डलाई डिस्ट्रिक्ट अफ कोलम्बियास्थित पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए । सन् २०१६ मा राष्ट्रपति बाराक ओबामाले सर्वोच्च अदालतको न्यायधीशमा नियुक्त गरे । तर, सिनेटका रिपब्लिकन सांसदले भने उनको नियुक्तीमा सुनुवाइ र मतदान गर्न अस्वीकार गरे ।
सेक्रेटरी अफ दी इन्टेरियर स् डेव हालन्ड
हालन्ड अमेरिकी कंग्रेसमा निर्वाचित दुई महिला सांसदमध्ये एक हुन् । उनी पहिलो रैथाने अमेरिकी क्याबिनेट सेक्रेटरी हुनेछिन् । न्यू मेक्सिको राज्यमा बसोबास गर्ने प्युब्लो अफ लागुना जातिबाट उनी प्रतिनिधित्व गर्छिन् । उनलाई यो पदका लागि अमेरिकी आदिवासी जनजाति समूह, प्रगतिशिल राजनीतिज्ञ र केही रिपब्लिकन सांसदको समर्थन छ ।
सेक्रेटरी अफ एग्रिकल्चर स् टम भिल्स्याक
ओबामा प्रशासनमा उनले जुन विभाग सम्हाले, त्यही विभागको हाकिमको रुपमा भिल्स्याक पुनरागमन गर्दैछन् । उनी आठवर्षसम्म ओहायो राज्यको गभर्नर बने । उनले राष्ट्रपति पदका लागि सन् २००६ र २००७ सम्म अभियान चलाए तर, ८६ दिनमै पछाडि हटे ।
सेक्रेटरी अफ कमर्स स् गीना रायमोन्डो
सन् २०१४ मा रोधी आइल्यान्डको पहिलो महिला गभर्नरको रुपमा गीना निर्वाचित भएकी थिइन् । त्यसअघि उनी स्टेट जनरल ट्रेजररको रुपमा कार्यरत थिइन् । सन् २०१८ देखि २०१९ सम्म उनले डेमोक्र्याटिक गभर्नस एसोसियसनको नेतृत्व गरिन् । निजामति सेवामा प्रवेश गर्नुअघि उनले जुडिथ क्यापिटल नामक संयुक्त लगानी गर्ने एक कम्पनी खोलेकी थिइन् ।
सेक्रेटरी अफ लेवर स् मार्टि वाल्स
सन् २०१३ मा बोस्टनबाट निर्वाचित मेयर हुन् यिनी । २०१७ मा पनि उनी मेयरकै रुपमा निर्वाचित भएका थिए । श्रमिक संगठनसँग उनी निकट मानिन्छन् । मेयरको चुनाव हुनुअघि उनी बोस्टनमा स्थानिय श्रमिक संगठनको प्रमुखको रुपमा कार्यरत थिए । अमेरिकी लेवर युनियनका नेता रिचर्ड ट्रम्पकाले यिनलाई लेबर सेक्रेटरीको रुपमा छनौट गरेका हुन् ।
सेक्रेटरी अफ हेल्थ एन्ड हुमन सर्भिसेज स् जेभियर बेसेरा
उनी क्यालिफोर्नियाका महान्यायधीवक्ता हुन् । ओबामा कार्यकालको चर्चित स्वास्थ्य कानुनलाई न्यायीकरुपमा प्रतिरक्षा गर्नको लागि वासिङ्टन डीसीसहित २० राज्यको अगुवाइ गर्ने काममा उनी सक्रिय रहे । सन् १९९३ देखि २०१७ मा उनी प्रतिनिधिसभा सदस्य रहे ।
सेक्रेटरी अफ हाउजिङ एन्ड डेभलपमेन्ट स् मार्सिया फज
उनी अमेरिकी कंग्रेसको ब्ल्याक ककसकी पूर्वअध्यक्ष तथा ओहायो राज्यबाट निर्वाचित सांसद हुन् । सन् २००८ देखि उनले क्लिभल्यान्ड क्षेत्रको प्रतिनिधित्व गर्छिन् । कंग्रेसमा कार्यरत हुनुअघि उनी क्यूओगा काउन्टीको एक ल फर्मममा काम गर्थिन् र त्यसपछि ओहायोको सहर वारेन्सभाइलमा पहिलो अश्वेत महिला मेयरको रुपमा निर्वाचित भइन् ।

सेक्रेटरी अफ ट्रान्सपोर्टेसन स् पिटी बटगिएग
उनी जो बाइडेनको प्राइमरी प्रतिस्पर्धी पनि थिए । २०१२ देखि २०२० सम्म साउथ बेन्डमा उनी दुई कार्यकाल मेयर पनि बने । उनको प्रशासनले सहरी विकास तथा आर्थिक पुर्नउत्थानको क्षेत्रमा समेत काम गर्यो । ३८ वर्षे उनी अफगानिस्तानमा कार्य गरेका र खुल्ला रुपमा चिनिएका गे मिलिटरी भेट्रान पनि हुन् । आयोयाको कससमा उनले बाइडेनलाई प्राइमरीमा निकै चुनौति दिएका थिए ।
सेक्रेटरी अफ एनर्जी स् जेनिफर ग्राहोम
सन् २००३ देखि २०११ सम्म उनी मिसिगन राज्यमा डेमोक्राटिक गभर्नर समेत रहिन् । साथै, उक्त राज्यको महान्यायधीवक्ताको रुपमा चार वर्ष काम गरिन् । सन् २०१५ सम्म राज्यले सोलार र हावाबाट नवीकरणीय ऊर्जाको खपतलाई १० प्रतिशतमा लैजानुपर्छ भनेर उनको प्रशासनले निर्णय गरेको थियो । आफ्नो कार्यकालमा उनले समाप्तीको नजिक पुगेको अमेरिकी अटो उद्योगलाई पुनर्जीवन दिन ओबामा प्रशासनसँग पनि निकट रहेर काम गरिन् ।
सेक्रेटरी अफ एजुकेसन स् मिगुएल कार्डोना
सन् २०१९ देखि उनी कनेक्टिकट राज्यको एजुकेसन कमिस्नर रहेका छन् । त्यसअघि उनी सोही राज्यको एक प्राथमिक विद्यालयका प्राध्यानाध्यापक थिए । उनका हजुरबा पुस्ता पुुएर्तो रिकोबाट बसाइ सरेका थिए । सन् ८० को दशकमा लाउरो काभाजोजपछि उनी अमेरिकी शिक्षा मन्त्रालय हाँक्ने दोस्रो ल्याटिन मुलका मन्त्री हुनेछन् ।
सेक्रेटरी अफ होमल्यान्ड सेक्युरिटी स् अलेजान्द्रो मार्कोस
क्युवाली यहुदी रहेका उनी सन् १९६० मा फिडेल क्यास्ट्रोको शासनकालमा आप्रवासीको रुपमा अमेरिका आएका थिए । तत्कालिन राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा उनले क्यालिफोर्निया राज्यको न्यायधीवक्ताको रुपमा काम गरेका थिए । कानुनी अनुमति बिना अमेरिकामा आइपुगेका बालबालिकलाई वैधता दिने सम्बन्धी कानुनी बिलमा उनले ओबामाको पहिलो कार्यकालमा सहयोग गरेका थिए । पछिल्लो पटक उनी होमल्यान्ड सेक्युरिटीको सहसचिव पनि बने ।
प्रमुख आर्थिक सल्लाहकार स् सेसिलिया रोज
प्रिन्स्टन विश्वविद्यालयको श्रम सम्बन्धी अर्थशाष्त्री हुन् उनी । ओबामा प्रशासनको पहिलो दुईवर्षमा उनी आर्थिक सल्लाहकारको रुपमा काम गरिन् । क्लिन्टन प्रशासनमा पनि उनले काम गरिन् । अमेरिकी मन्त्रिपरिषद्को आर्थिक सल्लाहकारको रुपमा उनी नियुक्त हुने पहिलो अश्वेत महिला हुनेछिन् ।
राष्ट्रसंघको लागि अमेरिकी राजदूत स् लिन्डा थोमस ग्रीनफिल्ड
सन् २०१३ देखि २०१७ सम्म दक्षिण अफ्रिका मामिला हेर्ने गरि उनी सहायक सेक्रेटरी अफ स्टेटको रुपमा काम गरिन् । २००८ देखि २०१२ सम्म उनी लिबियाको राजदूत रहिन् । अहिले उनी अलब्राइट स्टोनव्रिज ग्रुप नामक परामर्श फर्म खोलेर अफ्रिका अफेयरमा काम गरिरहेकी छिन् ।
डिरेक्टर अफ न्यासनल इन्टिलिजेन्स स् एभ्रिल हेनिज
बाइडेन सिनेटको वैदेशिक सम्बन्ध समितिका प्रमुख हुँदा यिनले उनीसँग कानुनी परामर्शदात्रीको रुपमा मिलेर काम गरिन् । ओबामा कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिकामा उनलाई नजिकबाट चिन्नेहरु भन्छन् –सन् २०१५ मा ७० हजार शरणार्थीलाई अमेरिकामा कानुनी मान्यता दिइएको थियो र २०१७ मा यो संख्या बढेर १ लाख १० हजार पुगेको थियो र उनीहरुलाई कानुनी मान्यता दिलाउने काममा हेनिज सक्रिय थिइन् । अमेरिकी सेनामा ड्रोन हमलाबाट हुने क्षतिलाई घटाउने विभाग प्रमुखको रुपमा उनले ओबामा प्रशासनमा काम गरेकी छन् ।
साथै, माइकल रेगन वातावरणी सुरक्षा एजेन्सीको प्रमुखको रुपमा नियुक्त हुने सम्भावना छ । ओबामा कार्यकालमा डेप्युटी चिफ अफ स्टाफ रहेकी इसाबेल गजम्यान साना ब्यापार हेर्ने विभागकी प्रमुख हुनेछिन् । बजेट ब्यवस्थापन हेर्ने महाशाखा निर्देशकमा दक्षिण एसियाली मुलकी नीरा टण्डन नियुक्त हुनेछिन् । चीनको व्यापार मुद्दा हेर्ने क्याथरिन टाय चाहिँ व्यापार प्रतिनिधि हेडको रुपमा हुनेछिन् ।
कागजपत्र विहिन नेपालीलाई ग्रीनकार्डको बाटोमा लैजाने गरि प्राथमिकतमा राख्दै आएको बृहत अध्यागमन सुधारको एजेन्डालाई संसदमा डेमोक्राटको नियन्त्रणले सजिलो पुग्ने विश्वास लिन सकिन्छ ।
ह्वाइट हाउस चिफ अफ स्टाफको पदमा रन क्लेन नियुक्त हुनेछन् । सन् १९८०को दशकमा सिनेटको कानुनी समिति प्रमुखको रुपमा उनले काम गरेका छन् । पूर्व उपराष्ट्रपति अल गोरको कार्यकालमा पनि उनी चिफ अफ स्टाफ रहिसकेका छन् । ओबामा प्रशासन र बाइडेन उपराष्ट्रपति हुँदा पनि उनी कार्यरत थिए । डेप्युटी चिफ अफ स्टाफ चाहिँ जोन मेली डिलोन हुनेछिन् । उनी सन् २०२० मा बाइडेनको चुनावी अभियानकी व्यवस्थापक समेत हुन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस । जनवरी २० तारिखमा हुने सपथ ग्रहण समारोहको सुरक्षा बलियो बनाउन १० हजार नेसनल गार्ड राजधानी वासिङ्टन र ह्वाइट हाउसबाहिर परिचालन गरिएको छ ।
राष्ट्रपतिको प्रमुख सल्लाहकारको रुपमा डाना रेमस हुनेछिन् । बाइडेन अभियानको प्रमुख कानुनी सल्लाहकारको रुपमा उनले काम गरेकी छन् । ओबामा प्रशासनमा पनि उनले ह्वाइट हाउस सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । स्टिभ रिचेट्टी पनि राष्ट्रपतिको सल्लाहकारको रुपमा नियुक्त हुन सक्नेछन् ।
राष्ट्रिय आर्थिक सल्लाहकारमा ओबामाको २००८ अभियानमा संलग्न ब्रायन डिज हुनेछन् । राष्ट्रिय सुरक्षा सल्लाहकारमा जेक सुलिभान हुने तय छ । बाइडेन उपराष्ट्रपति हुँदा ब्रायन सुरक्षा सल्लाहकार समेत थिए । राष्ट्रपतिको बरिष्ठ सल्लाहकारमा माइक डोनिलियोन हुनेछन् । ह्वाइट हाउस प्रेस सेक्रेटरीमा ओबामा प्रशासनमा काम गरिसकेकी जेन साकी हुनेछिन् । घरेलु नीति विभाग प्रमुखमा राष्ट्रसंघका लागि दूत रहिसकेकी सुसन रइस हुनेछिन् ।
सीआइए निर्देशक स् विलियम जे बन्स
उनी रसियाका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । डेमोक्र्याट र रिपब्लिकन दुबै राष्ट्रपति कार्यकाल मातहतमा रहेर उनले डेप्युटी सेक्रेटरीको रुपमा काम गरिसकेका छन् । सन् २०१४ मा पेशाबाट अवकास पाएपछि उनी अन्तराष्ट्रिय शान्ति स्थापना गर्ने संस्थाहरुमा क्रियाशिल थिए ।
जलवायु परिवर्तनका विशेष दूत स् जोन केरी
ओबामा प्रशासनमा उनी सेक्रेटरी अफ स्टेट रहिसकेका छन् । म्यासाचुसेट्स राज्यबाट उनी सिनेटर पनि हुन् । सन् २००४ को राष्ट्रपति चुनावमा उनी डेमोक्र्याट पार्टीबाट चुनिएका थिए । राष्ट्रिय सुरक्षा परिषद्को रुपमा उनी ह्वाइट हाउसमा रहनेछन् ।
अमेरिकी अन्तराष्ट्रिय विकास प्रशासकको रुपमा ओबामा प्रशासनको अनुभव बटुलेकी समान्था पावर हुनेछिन् । सेक्युरिटी एन्ड एक्सचेन्ज कमिसन प्रमुखको रुपमा ग्यारी गेन्सलर हुनेछन् ।
यस्तो लाग्छ –बाइडेन प्रशासन एउटा इन्द्रेणीको रङजस्तै समावेशी महसुस हुन्छ । जातिय र लैंगिक अल्पसंख्यक, पूर्व सरकारी कर्मचारी र टेक्नोक्र्याट, कुटनीतिज्ञ, प्रशासक, जनप्रतिनिधिलाई मिलाएर बाइडेनले मन्त्रिपरिषद्को स्वरुप दिने तयारी थालेका छन् । जनवरी २० मा बाइडेनले राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरे लगत्तै यी मन्त्रीले काम थाल्नेछन् ।
बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि खासगरि अध्यागमन र जलवायु परिवर्तनका मुद्दामा ट्रम्प प्रशासनका अलोकप्रिय निर्णयलाई उल्ट्याउने विचारमा छन् । चुनावी अभियानको क्रममा बाइडेन नेपाली मतदातासामु पनि पुगेका थिए र यदि राष्ट्रपति भए नेपाल भ्रमण गर्ने उनले वचन दिएको चर्चा पनि छ ।
अमेरिकी संसदका दुबै सदनमा डेमोक्राटको दबदबा हुनेभएपछि यस्तो खुशिको संचार नेपालीमाझ पनि भएको छ । ११ मिलियन कागजपत्र विहिन नेपालीलाई ग्रीनकार्डको बाटोमा लैजाने गरि प्राथमिकतमा राख्दै आएको बृहत अध्यागमन सुधारको एजेन्डालाई संसदमा डेमोक्राटको नियन्त्रणले सजिलो पुग्ने विश्वास लिन सकिन्छ ।
बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि खासगरि अध्यागमन र जलवायु परिवर्तनका मुद्दामा ट्रम्प प्रशासनका अलोकप्रिय निर्णयलाई उल्ट्याउने विचारमा छन् । यसको सीधा प्रभाव ११ मिलियन नेपाली कागजपत्रविहिन नेपालीलाई फाइदा पुग्न सक्छ । साथै, चुनावी अभियानको क्रममा बाइडेन नेपाली मतदातासामु पनि पुगेका थिए र यदि राष्ट्रपति भए नेपाल भ्रमण गर्ने उनले वचन दिएको चर्चा पनि छ ।
बाइडेनले जनवरी २० मा राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्दै छन् ।
स्रोत नेपाल प्रेस

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal