मालपोतमा जग्गा रोक्का राख्दा तिर्नुपर्ने राजस्वका बारेमा छलफल

वालिङ,२ माघ– मालपोत कार्यालयमा जग्गा रोक्का राख्दा तिर्नुपर्ने राजस्वका बारेमा परिमार्जन गर्नुपर्ने विषयमा छल्फल भएको छ । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले बैंक तथा बित्तिय संस्थाबाट कर्जा लीने क्रममा मालपोत कार्यालयले दृष्टिबन्धक गरी रोक्का गर्ने प्रकृयाका कारण बैंक तथा बित्तिय संस्थाबाट कर्जा लीने व्यावसायीहरु मर्कामा परेकोले समस्या समाधानको लागि भूमी व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंमा पुगेर विभागका महानिर्देशक शेषनारायण पौडेल सँग छलफल गरेको बताउनुभयो । बैंक तथा वित्तिय संघ सस्थाबाट कर्जा लीनेक्रममा मालपोत कार्यालयमा एक पटक दृष्टिबन्धक गरिसकेपछि सोही कर्जा अन्तरगत कर्जा रकम थप गर्नु पर्ने भएमा थप गरिएको रकमको मात्रै राजस्व तिरे पुग्ने व्यवस्था मिलाउन माग गर्दै विभागका महानिर्देशक पौडेल सँग छलफल गरेको र आफुहरुको मागका सम्बन्धमा महानिर्देशक पौडेल सकरात्मक भएको बताउदै सो समस्या छिट्टै समाधान गर्ने आश्वासन समेत दिनुभएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
साथै मालपोतमा जग्गा रोक्का गर्दा लाग्ने शुल्क न्युन हुनेपर्ने र कर्जा लिदा रोक्का बापत लाग्ने दस्तुर बैंक वित्तिय सस्थाका नाममा नभइ कर्जा लिने व्याक्तिका नाम्मा काटने व्यवस्था मिलाउन माग गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
यसै गरी पौडेल नेतृत्वको टोलीले बुटवलपावर कम्पनी लिमिटेडको काठमाडौंमा रहेको बुटवल पावर लिमिटेडको विद्युत वितरण शाखाका प्रमुख प्रकाश श्रेशठ संग कार्यालयमा भएको छल्फलमा विद्युत महशुल खल्ती र इ सेवा मार्फत बुजाउन मिल्ने व्यवस्था मिलाउन माग गरेको र आफुहरुको मागका बारेरमा कार्यालयको तर्फबाट श्रेष्ठले फगुन चैत महिना भित्रै वालिङ क्षेत्रको लागि सो सेवा उपगराउने बताएको टोलीले जानकारी दिएको छ भने उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित महासंघका पदाधिकारीहरु संग उद्योगी व्यावसायीहरुका समस्याका बारेमा छल्फल गरिएको भेटमा सहभागी टोलीले जनाकारी दिएको छ ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको नेतृत्वमा वालिङ उद्योग वाणिज्य संघका महासचिव ध्रुव खाँण र जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपती पौडेलको टोलीले काठमाडौं पुगेको थियो ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलको नेतृत्वमा यस अघि मालपोत कार्यालय वालिङ र बुटवलपावर कम्पनी लिमिटेड वालिङ शाखामा ज्ञापन पत्र बुझाइएको थियो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal