‘द निर्भीक फाउन्डेशन’ले सुरु गर्र्यो सुरक्षित बस्ती निर्माण कार्य
पर्वत, १ माघ(पैँयु)– ‘द निर्भीक फाउन्डेशन’ले जोखिममा रहेको बस्ती स्थानान्तरण गरी सुरक्षित बस्ती निर्माण कार्यको बिहीबार एक कार्यक्रमका विच शिल्यान्यास गरेको छ ।
पर्वतको पैँयु गाउँपालिका ५ भुर्तेलथोक आरुगैह्रामा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा परेपछि आर्थिक अवस्था कमजोर रहेका दलित समुदायको बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा राख्ने उद्देश्यले बस्ती निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
पैँयु गाउँपालिका उपाध्यक्ष जसमती गुरुङ र पैँयु गाउँपालिका ५ का अध्यक्ष उमाकान्त भुर्तेलले संयुक्त रुपमा सुरक्षित बस्ती निर्माण कार्यको शिल्यान्यास गर्नुभएको हो ।
शिल्यान्यास कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष जसमती गुरुङले फाउन्डेशनले विपन्न तथा पहिरोको जोखिममा परेका घरपरिवारको लागि बस्ती निर्माण सुरु गरेर सह्रानीय काम गरेको बताउदै गाउँपालिकाले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भयो । गुरुङले मानव जीवन रक्षार्थ सुरु गरिएको बस्ती निर्माण कार्यको खुलेर प्रशंसा समेत गर्नु भयो ।
कार्यक्रममा पैँयु ५ का वडा अध्यक्ष उमाकान्त भुर्तेलले वर्षौदेखि भिरमा रहेको जोखिम बस्तीलाई स्थानान्तरण गरी सुरक्षित घर निर्माण गर्न लागेकोमा धन्यवाद प्रकट गर्दै घर निर्माण कार्यलाई निरन्तरता दिन आगामी आर्थिक वर्षमा वडा कार्यालयले समेत बजेट छुट्याएर बस्ती स्थानान्तरणमा सहयोग गर्ने बताउनुभयो । जोखिममा रहेका १५ घर दलित परिवारलाई सुरक्षित घरमा राख्ने योजना अनुसार घर निर्माण कार्यको सुरुवात गरेको ‘द निर्भीक फाउन्डेशन’ का अध्यक्ष निर्भीक नारायण भुर्तेलले बताउनुभएको छ ।

ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















