पत्रकार महासंघ स्याङ्जाको साधारण सभा स्थगित, साधारण सभा स्थगित भएपछि पत्रकारिता र हाम्रो दायित्व विषयक अन्तरक्रिया
स्याङ्जा, १ माघ–नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको दशौँ साधारण सभा स्थगित भएको छ । प्रेस संगठन स्याङ्जा शाखाले महासंघको केही निर्णयलाई आपत्ती जनाएसँगै शाखाको साधारण सभा स्थगित भएको हो । स्याङ्जा शाखाको १२ औँ बैठकले माघ १ गते वार्षीक साधारण सभा गर्ने निर्णय गरको थियो ।
प्रेस संगठन स्याङ्जा शाखाले विज्ञप्ति जारी गर्दै नयाँ सदस्यता सिफारीस , अदालतले दोषी ठहरयाएको व्यक्तीलाई पुरस्कृत गर्ने निर्णयप्रति आपत्ती जनाएको हो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाको भवन निर्माणार्थ जग्गा उपलब्ध गराएको जग्गादातालाई कार्यक्रममा निमन्त्रणा नगरेर आँफूखुसी राजनैतिक व्यक्तीहरुलाई कार्यक्रममा बोलाएर सभा गर्न खोजिएको भन्दै प्रेस संगठन स्याङ्जाका संयोजक मुक्तिप्रसाद न्यौपाने द्वारा हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ ।
पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायलाई प्रमुख अतिथिको रुपमा बोलाएको र आर्चाय आउन नभ्याउने भएपछि उपाध्यक्ष बिपुल पोख्रेलले आएको भएपनि विभिन्न कारणले साधारणसभा स्थगित भएको बताउनुभयो ।
साधारण सभा गर्न भनिएको भएपनि साधारण सभाको व्यानर परिवर्तन गरेर स्याङ्जाको पत्रकारिता र हाम्रो दायित्व विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
मर्यादित , स्वच्छ र स्वथ्य पत्रकारिता आजको आवश्यक्ता रहेको बताउँदै पत्रकारिताको मुल्य र मान्यता अनुशार क्रियाशिल रहनुपर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले बताउनुभयो ।
महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल , जनपत्रकार संगठन नेपालका निबर्तमान अध्यक्ष प्रकाश डुम्रे लगाएतले जिल्लाको पत्रकारिता क्षेत्र फुटेर नभई जुटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
संगठनको विज्ञप्ति माथी छलफल गरेर महासंघको १३ औँ बैठकले स्थगित साधारण सभाको मिति तय गर्ने नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव सुशील सुबेदीले बताउनुभयो । सुबेदीले भन्नुभयो, ‘संचारकर्र्मीको छाता संगठन महासंघ हो । जिल्लाको समस्या महासंघले नै समाधान गर्नेछ ।’ आज हुने साधारण सभामा जिल्लाका ६ जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेपनि साधारण सभा नै स्थगित भएपछि पुरस्कार समेत वितरण हुन सकेन ।

ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















