पत्रकारदेखि नेतासम्म ‘मपाइँ’को शिकार


शुभराज पोखरेल
हामी अब हामी रहेनौं, मपाइँमा रूपान्तरित भएका छौं । सामूहिकता र हाम्रो भन्ने शब्द व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि मात्र प्रयोग हुन पुगेको छ । सिद्धान्ततः समाज विकासको नेतृत्व एक व्यक्तिबाट शुरू हुन्छ । तर यसलाई सार्थक बनाउन समाजका हरेक व्यक्तिको भूमिका अहं हुने गर्दछ । हिजोका दिनहरूमा हामी र सामूहिकताले काम गरेको थियो । परिवार, समुदाय र समाजले जस–अपजस दुवैको जिम्मेवारी लिन्थ्यो । अहिले जस सबै व्यक्तिमा केन्द्रित हुने गरेको छ । अपजस समूहलाई लगाएर व्यक्ति उम्कने गरेका छन् । समाज परिवर्तन र विकासको बाधक यही मपाइँवाद हो । विद्यमान देशको राजनीतिक अस्थिरता मपाइँको ज्वलन्त प्रमाण हो । अहिले देशका राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकारदेखि कर्मचारीलगायत हरेक नागरिक यही मपाइँको शिकार भएका छन् । हरेक व्यक्ति आफ्नो दायित्व र जिम्मेवारी बाहेकका अन्य सबै विषयका विज्ञ भएर सामाजिक संजालमा छताछुल्ल भएका छन् । सबैमा एउटै कुरामा समानता देखिन्छ त्यो हो, मपाइँ । म के हुँ र मेरो दायित्व के हो त्यो पूरा गर्न कोही तयार छैन तर अरू सबैको लागि सल्लाह दिन तँछाडमछाड गरिरहेका छन् । जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् । उनै मपाइँवादीहरूलाई आफ्नो रोलमोडल बनाउन पत्रकार, नागरिक समाजदेखि विरोधी पक्ष वा समर्थकहरू लागिपरेका छन् । उनीहरूको प्रशंसामा होस् वा विरोधका नाममा उनीहरूकै प्रचारप्रसारमा तल्लीन मात्र होइन उनीहरूको पदचाप पछ्याइरहेका छन् । हरेक संचार गृह र बुद्धिजीवीहरू मपाइँवादीहरूको मपाइँत्व बढाउन लागिपरेका छन् । यसैलाई थप मलजल गराउन विरोध वा समर्थनका नाममा सामाजिक संजालमार्फत उनीहरू नै आँखा चिम्लेर लागिरहेका छन् । यस्ता कार्यले मपाइँवादीहरूलाई थप मपाइँत्व प्रस्तुत गर्न बल पुर्याउँदै आएको छ ।

व्यक्ति जब सामूहिकतालाई तिलाञ्जली दिएर ‘म’मा केन्द्रित हुन्छ तब उसको अधोगति प्रारम्भ भएको विश्व इतिहास प्रशस्त छन् । आजका दिनमा हामीले देशका नेता भनिएका व्यक्तिहरूदेखि बुद्धिजीवी, पत्रकार, वकिल, पूर्व कर्मचारी र नागरिक समाजका हरेकमा सामूहिकता सकिंदै गरेको देखेका छौं । यसले नेपाललाई अधोगतितिर धकेलिरहेको छ । हरेकले अरूलाई सुझाव दिइरहँदा उनीहरूमा मपाइँत्व स्पष्ट झल्कन्छ । ऊ सबै विषयमा सर्वज्ञानी देखिन्छ । अरू सबैलाई अबुझ, मूर्ख भन्न भ्याउँछ । यो सोचले अब हामीलाई कहाँ पु¥याउने हो, यो अहिलेको प्रमुख मुद्दा हो । प्रधानमन्त्री सर्वज्ञानी, अहिलेको सबै परिवर्तन उहाँ एक्लैको देन हो । प्रचण्ड एक्लैको कारण हामी यो अवस्थामा आइपुगेका छौं । माधव नेपाल उहाँ एक्लो यस्तो मानिस हो जसमा सबै कुरा केन्द्रित छ । उहाँको कारण यो सबै परिवर्तन भएको हो । यसैगरी शेरबहादुर देउवा, रामचन्द्र पौडेलका व्यक्तिगत कारणले मात्र हाम्रोमा प्रजातन्त्र र गणतन्त्र उपभोग गर्न पाएका छौं । यस्तै बाबुराम, मुमाराम, रामकुमारी, गगन, अरुण, किशोर नेपाल, रवीन्द्र मिश्र, विश्व प्रकाश, सुरेशराज आचार्य, पूर्व प्रधानन्यायाधीश, कार्की, श्रेष्ठ, मानवअधिकारकर्मी आदि आदिहरूमा अब पूर्ण रूपले मपाइँत्वले घर गरिसकेको छ । हिजोका सबै राम्रा भन्न मिल्ने कार्यहरू मेरो कारणले मात्र भएको हो । म थिइनँ भने परिवर्तन हुँदैनथ्यो । यहाँ पार्टी, संस्था, निकाय र कार्यकर्ता, कर्मचारी र शुभचिन्तकको कुनै महत्व र भूमिका छैन । फगत म हुँ । हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि ।

यति हुँदा पनि हामी आफूलाई सचेत र जिम्मेवार भन्न रुचाउनेहरू व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै मस्तिष्क र चेतनालाई बन्धकी राखेर वाद, गुट वा व्यक्तिको नाममा मपाइँलाई अझ बढावा दिन लालायित छौं । त्यसैमा रमाइरहेका छौं । अनि फेरि पनि अरूको परिवर्तनको आशामा अरूलाई लाञ्छना लगाइरहेका छौं र आफूभित्रको मपाइँत्व बढाइरहेका छौं । आफैं स्वघोषित आफैं स्वच्छ, सर्वज्ञानी आदि आदि । जबसम्म हामी संस्थागत भन्ने भावनालाई आत्मसात् गर्न सक्दैनौं, जस तथा अपजसलाई संस्थागत रूपमा स्वीकार्न, संस्कृतिको विकास गर्न सक्दैनौं त्यसबेलासम्म संस्थागत अपनत्व रहँदैन । यहाँ मपाइँ केन्द्रविन्दु भइरहनेछ । व्यक्ति र सदस्यहरू त्यही मपाइँलाई प्रश्रय दिंदै उसैको फेरो समाएर रमाउने गर्छन् । नेपाल जस्ता विकासोन्मुख देशहरूमा सधैं अस्थिरता सिर्जना गरी सम्पूर्ण शक्ति र स्रोत व्यक्तिमा केन्द्रित गराई सधैं खेलिरहन चाहने विकासे संस्थाका नाममा सम्पन्न देशहरूले बिरालोले मुसा खेलाए झैं देशलाई नै खेलाइरहेका हुन्छन् । थोरै ललीपपमा आफू गुमराहमा परेको थाहा नपाई सीमित मपाइँहरूको फेर वरिपरि घुमिरहेका हुन्छन् । एक पटक सबैले आफैंलाई हेरौं । स्वार्थभाव, अन्धभक्त, घृणा र एकपक्षीय सोचबाट बाहिर निस्कौं । भावनालाई होइन आफ्नो अन्तरमन र आत्मालाई नियालौं । मबाट हामी र हाम्रो भन्ने भावनाको विकास गरौं । यहीबाट परिवर्तनको थालनी हुनेछ । सकारात्मकता झल्कनेछ, आशाका दियोहरू बल्न थाल्नेछन् । स्रोत नेपाल प्रेस

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal