६ दशक लामो सुकुम्बासी आन्दालेनले अब सार्थकता पाउँछ ः मन्त्री अर्याल
वालिङ, २६ पुस– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका सुकुम्बासीको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । मन्त्री अर्यालले आइतबार वालिङमा भूमी सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै असार मसान्त भित्रै जिल्लाका सुकुम्बासीको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । मन्त्री अर्यालले भूमीहिनहरुको ६ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिवद्ध भएर अगाडि बढेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, कोही भूमीहिन हुँने कोही भूमीको मालिक हुने यो विभेदपुर्ण छ, सबै भुमिको मालिक हुनुपर्छ ।’ सरकारले सबै नेपालीलाई भूमीको मालिक गराउछ ।
जिल्ला समन्वय समितिको समन्वयमा भएको अभिमुखीकरणमा मन्त्री अर्यालले भन्नुभयो, ‘सामाजिक न्याय स्थापित हुन्छ, अन्यायमा परेका नागरिकले न्याय पाउनुहुँनेछ ।’ पहिलो चरणमा ७ पालिका र बाँकी जिल्ला तथा तहहरुमा दोस्रो चरणमा गरी चरणबद्ध रुपमा कार्यक्रम गर्नका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको मन्त्री अर्यालको भनाइ थियो ।
४८ जिल्लाका पालिकाहरुमा पहिलो चरणमा भूमीको समस्या समाधान गरी सामाजिक न्याय स्थापित गर्नका लागि सरकारले कानून निर्माण गरेर संचरना निर्माण गरी स्थानीय तहमा सर्वेक्षण रेर्कड व्यवस्थित राख्न सफ्टवेयरको प्रयोग गरिएको मन्त्री अर्यालले बताउनुभयो ।
सुकुम्बासी र भूमीहिनको व्यवस्थापन बिना वैज्ञानिक भूभी व्यवस्थापन हुँन नसक्ने भन्दै पिडामा भएका आफ्ना नागरिकलाई उचित व्यवस्थापन गर्न स्थानीय तहलाई मन्त्री अर्यालले आग्रह गर्नुभयो । आफ्ना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहले संघ र प्रेदशसंग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री अर्यालको जोड थियो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















