गतिशिल महिला बहुउद्देश्यीय सहकारीको ८ औं साधारण सभा सम्पन्न
वालिङ,२६ पुस– गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको ८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले महिलाहरुले स्थापित गरेको सहकारी जिल्लामै नमुनायोग्य भएको बताउनुभयो । नगरप्रमुख खाँणले धेरै महिलाहरुलाई एकिकृत गरी सहकारीले महिलाहरुलाई आर्थिक रुपमा समेत सशक्त बनाउन उत्प्रेरित समेत गराएको बताउनुभयो ।
कार्यक्रममा वालिङ होल्डिङ कोअपरेटिभका सचिव भुपराज बगाले, न्यू गाँउबेसी बचत तथा सहकारीका अध्यक्ष अर्जुन खनाल, लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संस्थाकी अध्यक्ष कविता तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष पुर्णकला वोस्ती र सञ्चालन सचिव इन्दिरा अधिकारीले गर्नुभएको थियो । ७ हजार ३ सय ९७ जना सेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड १५ लाख २६ हजार ९ सय रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । कोरोनाका कारण सहकारीले प्रतिनिधिमुलक रुपमा सदस्यहरुलाई जम्मा गराई जुमबाट समेत भर्चुअल रुपमा साधारण सभा गरेको हो ।
यसै गरी राधाकृष्ण महिला जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भीरकोट ८ मोहनडाँडाको ११औं साधारण सभा तथा सिलाईकटाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले सहकारीले महिला शसक्तिकरण र महिला गतिशिलताका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
प्रमुख खनालले सहकारीले आफ्ना सदस्यहरुलाई उत्पादनमुलक कार्यमा प्रोत्साहन गर्नुपर्ने भन्दै सेवाग्राहीलाई सरल सहज सेवा प्रवाह गर्न जोड दिनुभयो । कार्यक्रममा हरिप्रसाद खनाल, वडा सचिव भेषबहादुर रानालगायतले बोल्नुभएको थियो । सहकारीका अध्यक्ष मित्रकुमारी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन विन्दु केसीले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















