कालीगण्डकी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न, गाउँपालिका भित्र न्युनतम विद्युत महशुल निशुल्क
वालिङ, २४ पुस–कालीगण्डकी गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले विभिन्न रणनैतिक योजानाहरुको पारित गर्दै सम्पन्नभएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको आठौं गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले विकास निर्माणका विभिन्न रणनैतिक योजनाहरु बनाएर अगाडी बढेको बताउदै पालिका विभत्र रहेका विद्युत उपभोक्ताहरुको न्युनतम विद्युत महशुल निशुल्क गर्ने घोषणा गर्नुभएको हो ।

गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पालिकामा स्थानीय स्तरमा पाठ्यक्रमको निर्माण गरेर पठनपाठनको लागि समेत बजेटको व्यवस्था गरेको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “जव सम्म आफ्नो पहिचान गर्न सकिदैन तव सम्म के गर्ने भन्ने मेसो पाइदैन त्यसैले कालीगण्डकी गाउँपालिका पालिकाको पहिचान गरेर सोही अनुसार योजना बनाएर पालिकाको समग्र विकासको लागि अगाडी बढेको छ ।”
गाउँपालिका भित्र रहेका समस्या, समाधानका उपाय र भावि कार्ययोजना बनाएर अगाडी बढेको खण्डमा नतिजा राम्रो आउने भन्दै आफु सोही अनुसार अगाडी बढेको अध्यक्ष थापाले बताउनुभयो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















