अदालतमा विचाराधीन विषयमा दवाव दिनु गलतः नेता थापा
काठमाडौं, २५ पुस– राप्रपा अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन मुद्दामा दवाव तथा प्रभाव पार्ने काम कतैबाट हुन नहुने बताउनुभएको छ । शुक्रबार चार पूर्व प्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति निकालेपछि अध्यक्ष थापाले अदालतमा विचारधीन विषयमा दवाव दिनु गलत भएको प्रतिक्रिया दिनुभएको हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी केही संवैधानिक अस्पष्टता भए पनि अदालतमा बहस भइरहेको विषयमा दवाव दिन नहुने थापाको तर्क रहेको छ ।
शनिबार बिहान ट्वीट गर्दै थापाले भन्नुभएको छ । संविधान कार्यान्वयनमा देखिएका विवाद, अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ । सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दवाव–प्रभाव पार्ने काम कतैबाट हुनुहुँदैन ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















