सिकाई अभ्यास आदान प्रदान

वालिङ, २४ पुस– वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई तथा अभ्यास आदान प्रदान गरिएको छ ।
द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा शुक्रबार वालिङमा सिकाई तथा अभ्यासहरुको आदान प्रदान गरिएको हो ।
न्यायिक समिति तथा १४ वटै वडामा रहेका मेलमिलाप केन्द्रका संयोजकहरु सहभागी भएको सो कार्यक्रममा न्यायका क्षेत्रमा वडामा भएका असल अभ्यासहरु, समस्या लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले वडामा स्थापना भएका मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले फाटेका मनहरु सिलाउने गरी न्याय सम्पादन गर्न सुझाव दिनुभयो ।
“न्याय सम्पादन गर्ने क्रममा मन फटाल्ने गरी नभई फाटेका मनहरुलाई सिउने गरी न्याय सम्पादन गर्नतर्फ जोड दिनुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “जसरी भएपनि सर्वमान्य हिसावमा न्याय पाएको अनुभुति होस्, न्याय मर्न दिनुहुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।”
उहाँले मेलमिलापकर्ताले न्यायको तराजु लिएर निष्पक्षरुपमा दुबै पक्षले जीतको महशुस हुने गरी मिलापत्र गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले मेलमिलाप केन्द्रमार्फत हेर्न मिल्ने विवादहरु मात्रै मिलापत्र गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउनका लागि आवश्यक तालीम तथा अध्ययन अवलोकन भ्रमणको ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मेलमिलापकर्ताहरु एकदम सचेत भएर विवादहरु समाधान गर्नतर्फ लाग्न उपप्रमुख तिवारीले आग्रह गर्नुभयो । वडामा भएका राम्रा अभ्यासहरुको अनुकरण गर्दै न्यायिक क्षेत्रमा नमूनाकोरुपमा अगाडि बढाउन सबै एकजुट भएर अगाडि बढ्ने उपप्रमुख वितारीको भनाइ थियो ।

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal