गण्डकी प्रदेशकै जेठो सामुदायिक क्याम्पस, वालिङ बहुमुखी क्याम्पस क्यूएए सर्टिफाईड
कला राना
स्याङ्जा,२४ पुुस– गण्डकी प्रदेशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पस क्यूएए सर्टिफाईड भएको छ । उच्च शिक्षा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको यही पुस १६ गतेको निर्णय अनुसार वालिङ बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरणमा परेको हो । वालिङ बहुमुखी क्याम्पस सहित देशभरबाट अन्य तीन शैक्षिक संस्था गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरणमा परेकाछन् ।
शुक्रबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर वालिङ बहुमुखी क्याम्पस क्यूएए सर्टिफाईड भएको वालिङ बहुमुखी क्याम्पसले जनाएको छ । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेशकै जेठो शैक्षिक संस्था वालिङ बहुमुखी क्याम्पसलाई क्यूएए सर्टिफाईड प्राप्त गर्नका निमित्त क्याम्पसका सम्पुर्ण टिम, स्थानीय तह, जनप्रतिनिधिलगायत सरोकारवालाहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।
अध्यक्ष रेग्मीले क्याम्पसको यो मान्यतालाई अझ गुणस्तर बनाउन धेरै मेहेनत गर्नुपर्ने भन्दै यसका लागि प्रध्यापक, प्रशासन, विद्यार्थी तथा अभिभावकले अझ धेरै मेहेनत गर्नुपर्नेमा जोडदिदै नीति निर्माणका लागि समिति प्रतिवद्ध रहेको बताउनुभयो । रेग्मीले भन्नुभयो, ‘राजनीति भन्दा माथि उठेर वालिङ क्याम्पस बनाऔँ भन्ने भावनाका साथ सरोकारवाला सबै अगाडि बढ्दा यो सफलता मिलेको छ । यसलाई थप उचाईमा पु¥याउन संभावना संगै चुनौती पनि छ ।’

कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खाँंणले प्रमाणीकरणलाई मेन्टेन गर्न अझ आवश्यक रहेको भन्दै यसका लागि स्थानीय तह सहयोग गर्न हरबखत तयार रहेको बताउनुभयो । आगामी दिनहरुमा प्रमाणीकरण अनिवार्य हुने भन्दै यसप्रति शैक्षिक संस्थाहरु दिगोविकासका साथ अगाडि बढ्न आवश्यक रहेको प्रमुख खांँणले बताउनुभयो ।े क्याम्पसमा हाल एक हजार चार सय ६९ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख सचितानन्द यादवलले जानकारी दिनुभयो । क्याम्पसमा प्रविधिमैत्रि रहेको छ । क्याम्पसका कक्षा कोठामा प्रोजेक्टरका साथै कम्युटरसहितको ल्याब, ईलाईब्रेरी, छात्रामैत्रि चेन्जिङरुम सहितको हेल्थ डेक्स, सिटि टिभि क्यामेरा, वाईफाईको समेत सुविधा रहेको क्याम्पसका क्यूएए फोकल प्रशन राजेन्द्र डुम्रेले बताउनुभयो ।
क्यूएए मान्यता प्राप्त सटिर्फिकेटले विश्वव्यापी रुपमा संस्था गुणस्तरीय छ भन्ने परिचय दिन्छ । नेपालमा विश्वविद्यालय अनुदान आयोग मार्फत २०५० सालमा स्थापना भई ०५१ देखि क्यूएए कार्यान्वयमा आएको देखिन्छ । क्याम्पस २०७३ सालदेखि क्यूएए प्रक्रियामा सहभागि हुन सम्झौता गरी क्रियाशिल रहँदै आएको थियो ।
क्यूएए प्राप्त भईसकेपछि क्याम्पसमा विदार्थीले शैक्षिक वातावरणमा सम्बन्धीत विषयमा गहिरो ज्ञान, अनुसन्धान अध्ययन, शैक्षिक सामाग्रीहरुको प्रयाप्त व्यवस्थापनमा क्रियात्मक शिक्षण विधिले अध्ययन गर्न पाउनेछन् ।
विद्यार्थीको रुचि र क्षमता अनुसार विद्यार्थीलाई दक्ष बनाईने फोकल प्रशन डुम्रेले बताउनुभयो । अध्ययनसंगै अतिरिक्त क्रियाकलाप, विषय विज्ञद्धारा प्रशिक्षण, क्षमता तथा नेतृत्व विकास तालिम, सम्भावित रोजगारको निम्ति विद्यार्थीलाई तयार गर्ने देखि पुर्ण आत्मविश्वास सहितको प्रमाणपत्र दिनु संस्थाको दायित्व भएको डुम्रेले बताउनुभयो । क्याम्पसले आफ्ना सूचनाहरुलाई ईएमआईएस मार्फत आधुनिकिकरण गरेको छ भने वेवसाईटमार्फत सूचनाहरु प्रकाशन गर्दै आएको छ । २०३७ सालमा स्थापना भएको क्याम्पसमा स्याङ्जा सहित पर्वत, पाल्पा, गुल्मी लगायतका जिल्लाबाट समेत विद्यार्थी अध्ययनको लागि आउने गरेका छन् ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















