अमेरिकी संसदमा ट्रम्प समर्थकको उपद्रो


काठमाडौं, २४ पुुस– बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

पछिल्लो अवस्था

क्यापिटोल हिल (अमेरिकी संसद) मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।
वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

आपतकाल जनवरी २१ अर्थात राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म जारी रहनेछ ।
क्यापिटोल बिल्डिङको चारैतर्फका सडकमा सुरक्षाव्यवस्था कडा पारिएको छ । वासिङटन प्रहरी प्रमुखले दिएको जानकारीअनुसार बुधबार राति साढे नौ बजेसम्म ५२ जनालाई गिरफ्तार गरिएको छ, जसमध्ये ४७ जनालाई कफ्र्यू उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

बुधबार किन भयो प्रदर्शन ?

नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको औपचारिक नतिजा घोषणा गर्न बुधबार कंग्रेसको बैठक बोलाइएको थियो । नयाँ राष्ट्रपति छान्ने यो अन्तिम औपचारिक प्रक्रिया हो । बैठकमा नोभेम्बरमा भएको निर्वाचनमा राष्ट्रपतिका उम्मेदवारहरुले पाएको इलेक्टोरल कलेज भोटको गणना गर्ने र त्यसलाई अनुमोदन गर्ने काम हुन्छ । गत नोभेम्बरमा भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने डोनाल्ड ट्रम्पको पक्षमा २३२ इलेक्टोरल भोट परेको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । यद्यपि उनले अहिलेसम्म कुनै प्रमाण पेश गर्न सकेका छैनन् । यस्तोमा बुधबार बाइडनको जित रोक्न ट्रम्पका समर्थकहरुले अन्तिम प्रयास स्वरुप क्यापिटोल हिलमा उक्त प्रदर्शन गरेका हुन् ।

ट्रम्पलाई कस–कसको साथ ?

अमेरिकी वर्तमान राष्ट्रपति ट्रम्पलाई आफ्नै पार्टी रिपब्लिकनका सीमित मानिसले मात्र साथ दिएका छन् । टेक्सासका सिनेटर ट्ड क्रुजको नेतृत्वमा रहेको ११ सिनेटर्सको टोलीले ट्रम्पको दाबीलाई समर्थन गर्दै निर्वाचनमा भएको धाँधलीको विषयमा अनुसन्धान गरिनुपर्ने माग राखेका थिए । उनीहरुले बुधबारको प्रक्रिया १० दिन पर सारेर निर्वाचनबारे अनुसन्धान हुनुपर्ने माग गरेका थिए । तर धेरै नेताहरुले निर्वाचन परिणाम स्वीकार गर्न ट्रम्पलाई आग्रह गर्दै आएका छन् । यसअघि ट्रम्पको पक्षमा देखिँदै आएका उपराष्ट्रपति माइक पेन्सले पनि बुधबारको घटनाको खुलेर विरोध गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार भएपनि क्यापिटोल हलमाथि गरिएको आक्रमण सह्य नहुने उनले बताए ।

बाइडनलाई रोक्ने यसअघिका प्रयास

नोभेम्बरमा भएको निर्वाचनभन्दा अघि नै ट्रम्पले उक्त निर्वाचनमा धाँधली हुने आशंका व्यक्त गर्दै आएका थिए । विशेषगरी कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै चिठीबाट पनि भोट गर्न सकिने व्यवस्था गरिएसँगै निर्वाचनबारे विवाद देखिएको थियो । ट्रम्प मतदान केन्द्रमा नै गएर मतदान गर्न मतदातालाई आग्रह गरिरहेका थिए भने बाइडन चिठीबाट मतदान गरी भिडभाडमा नजान मतदातालाई प्रेरित गरिरहेका थिए ।निर्वाचन सकिएपछि सुरुआती गणनामा डेमोक्रेटिक पार्टीका जो बाइडन अगाडि देखिए । अग्रताको हिसाबमा भने ट्रम्प पुनः राष्ट्रपति बन्ने सम्भावना देखिएको थियो । तर मतदान केन्द्रमा खसेको मत सकिएर चिठीबाट पठाइएका मत गन्न थालेपछि भने राष्ट्रपतिको चुनाव जित्न महत्वपूर्ण मानिएका पेन्सिल्भानिया, मिसिगनजस्ता राज्यहरुको नतिजा उल्टियो र बाइडनले विजयी भए । महत्वपूर्ण राज्यमा आफ्नो जित भएको दाबी गर्दै ट्रम्ले अदालत जानेदेखि पुनः मतगणना गराउनेसम्मको प्रयास गरे । तर नतिजा उल्टिएन । ट्रम्पले बाइडन राष्ट्रपति बन्नुपूर्वको प्रक्रिया ट्रान्जिसन टोलीलाई पनि काम गर्न दिन आनाकानी गरेका थिए । तर, अन्त्यमा उनी ट्रान्जिसन टोलीलाई काम गर्न दिन बाध्य भएका थिए । स्रोत अनलाइन खबर

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal