गल्याङका विपन्न परिवारलाई न्यानो कपडा वितरण
उदयराज भण्डारी
गल्याङ, १९ पुस– गल्याङ नगरपालिकामा रहेका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेसन नेपाल अमेरिकाले पठाएको न्यानो कपडा आइतबार हाम्रो साथ नेपाल संस्थामा आवद्ध चलचित्र अमूल्य प्रेमको समुहले वितरण गरेको हो ।
गल्याङ नगरपालिका २ अन्तर्गत शारीरिक रुपमा असक्त भएका दुई विपन्न परिवार र वडा नम्बर ११ एक अति विपन्न परिवार पहिरोले वस्ती विस्थापित भएका एक परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा वितरण गर्दै हाम्रो साथ नेपाल स्याङ्जाका संयोजक नारायण विश्वकर्माले हेम एण्ड माया फाउण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो । उहाँले सहयोगका लागि पहल गरिदिनुहुने फाउण्डेसन गण्डकी प्रदेस संयोजक मैना रेग्मी सहित सम्पुर्णलाई धन्यवाद दिनुभयो ।
विश्वकर्माले देश तथा विदेशमा क्रियशिल विभिन्न संस्थाहरु संग सहकार्य गर्दै जिल्लामा रहेका विपन्न परिवारको पक्षमा, कला र संगितको क्षेत्रमा हाम्रो साथ नेपालले काम गर्ने बताउनुभयो । न्यानो कपडा वितरण कार्यक्रममा चालचित्र अमूल्य प्रेमका कलाकारहरुको समेत सहभागिता रहेको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















