मतदान केन्द्र थपघट हुँदै, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा

काठमाडौं, १९ पुस– निर्वाचन आयोगले वैशाख १७ र २७ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आइतबार आयोगको बैठक बस्दैछ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने बताउनुभयो । त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ । ‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं । कतिपय केन्द्र नजिक छन् भने गाभिन्छन्, अपायक छ भने थपिन्छन् प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘राज्यव्यवस्था समितिले पनि हामीलाई भनेको छ । मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ ।’

२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो । उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए । यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोग स्रोतले जनाएको छ । आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ । तर भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ ।
आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने थपलियाले बताउनुभयो । प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन् ।
थपलियाले भन्नुभयो, ‘हामीकहाँ मतदाता नामावली सधैं अद्यावधिक भइरहेको हुन्छ । १६ वर्ष पुगेको मान्छे जिल्ला प्रशासनबाट नागरिकता लिएपछि उसको नाम आयोगमा आउँछ । पुस ५ गते रातिसम्म १८ वर्ष पुगेकाहरु नयाँ मतदाता भएर आउँछन् । तर अब निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता नामावली संकलन र मतदाता नामावली सार्न पाइँदैन ।’ स्रोत नेपाल प्रेस

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal