रम्भा गाउँपालिका द्वारा विद्यार्थीलाई कृषिमा लाग्न प्रोत्साहान
फाइल तस्विरः
सिर्जना घिमिरे
पाल्पा, १७ पुस– रम्भा गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमा लिने शिक्षाका साथै कृषि कर्ममा लाग्न प्रोत्साहान गर्ने नीति अगाडी सारेको छ । गाउँपालिकाले विद्यालयमा कितावी ज्ञान मात्रै नभएर व्यवहारीक ज्ञान समेत दिने उद्देश्यले करेसाबारी निर्माण गर्ने अभियान सञ्चालन गरेको हो ।
गाउँपालिकाले यसवर्ष विद्यार्थीसँग करेसाबारी कार्यक्रमका लागि ५ लाख रुपैंया बिनियोजन समेत गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँपालिका भित्रका ६ देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरि बन्दा, काउली, मूला, गाँजर, पालुङ्गो लगायतका बिउविजनका साथै तरकारिमा लाग्ने रोग नियन्त्रणको लागि विषादी समेत वितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका विद्यालयमा अध्ययनरत २१ सय १४ जना विद्यार्थी यतिबेला करेसाबारी निर्माणमा जुटेका छन् । ३७ सामुदायिक तथा ५ वटा संस्थागत विद्यालय रहेको रम्भाका सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम तयार गरिएको गाउँपालिकाले जनाएको छ ।
करेसाबारी निर्माण गरेसँगै प्रत्येक घर परिवार तरकारीमा आत्मनिर्भर बन्नुका साथै ताजा तरकारी स्वास्थ्यको लागि समेत लाभदायीक हुने भएकोले विद्यार्थीका माध्याम द्वारा यो अभियान सञ्चालन गर्दा प्रभावकारी हुनुका साथै विद्यार्थीले व्यवहारीक ज्ञान हासिल गर्ने भएकोले पालिकामा यो अभियान सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । विद्यार्थीले तयार गरेका करेसाबारी र उनीहरुले उत्पादन गरेको तरकारीका आधारमा विद्यालयबाट प्रयोगात्मक मुल्याङ्कन गरिने व्यवस्थापन समेत मिलाइएको गाउँपालिकाले जनाएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















