फोटो फिचरः वालिङमा छाडा चौपाया ब्यवस्थापनको लागि गौसाला

हिमलाल पराजुली
स्याङ्जा, १७ पुस– समस्याको विषय बन्दै आएका छाडा चौपायाको ब्यवस्थापनको लागि वालिङमा गौसाला संचालनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित सहयोग इकाई पोखराको रु १५ लाख र वालिङ नगरपालिकाको रु १५ लाख गरि रु ३० लाखको लागतमा वालिङ नगरपालिका ८ र १० मा पर्ने घ्वाङखोला सामुदायीक बनको गौचरन क्षेत्रमा स्वार्गाश्रमा गौसाला निर्माण गरेर संचालनमा ल्याइएको हो ।

छाडा चौपायाले किसानको खेतीबाली खानुका साथै सड्कमा दुर्घटना समेत बढाएकोले गौसाला सञ्चालनमा ल्याइएको वालिङ नगरपालिका १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताउनुभो । गैह्रले भन्नुभयो, “अन्नबाली छाडा चौपाँयाले खाएर क्षेती पुर्याएको भन्दै पटकपटक किसानहरुबाट गुनासो आएपछि हामीले सामुदायीक बनको करिब १ सय ३० हेक्टर चरन क्षेत्रमा गौसाला निर्माण गरेर सञ्चालनमा ल्याएकाहौ,।” सुरुको केही महिना ८ नम्बरको वडा अध्यक्ष कमल सुवेदी र आफुले खर्च बेहोर्ने गरि दुई जना गाई हेरालु राखेको र सहयोग उठाँएर दानपानीको ब्यवस्थान गर्दै आएकोमा अहिले गौसाला ब्यवस्थापन समितिको गठन गरेर सञ्चालनको जिम्मा समितिलाई दिएको र आफुहरुले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष गैह्रेले बताउनुभयो ।

स्वार्गाश्रम गौसाला व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पराजुलीले मानव कल्याणको लागि गाईको धेरै महत्व रहेकोले आफुहरु छाडा चौपाँया संगै गाईको ब्यवस्थापनमा लागेको बताउनुभयो । समितिका अध्यक्ष पराजुलीले दानदाताहरुको सहयोगमा राम्रो संग ब्यवस्थापन गरेर गौसाला सञ्चालन गरिएकोे बताउनुभयो । गाईको मलमुत्रका साथै दूधबाट बिभिन्न प्रकार सामग्रीहरु समेत निर्माण गर्ने योजना अनुसार आफुहरुले काम गरिरहेको र सबैलाई यो अभियानमा सहयो गर्न समेत उहाँले आग्रह गर्नुभयो ।


छाडा चौपायाको ब्यवस्थापनमा जुटनुभएका ८ नम्बरका वडा अध्यक्ष कमल सुवेदीले दुई जना गाई हेरालु गौसालामै बसेर दिउसोमा गाईलाई चरानको लागि लैजाने र साँझ बिहान गौसालामै रेखदेख गर्ने गरेको बताउनुभयो । वालिङ बजार देखि केही माथि डाँडाँको एकान्त ठाउँमा निर्माण गरिएको गौसालाबाट बजारबासीले गहुत ल्याएर उपभोग समेत गर्ने गरेकाछन् । बिहान घुम्न जानेहरुले गौसाला सम्म पुगेर बोलतमा गाईको गहुत लिएर फर्कने गरेको गौसाला ब्यवस्थापन समितिले जनाएको छ । छाडा चौपायाको ब्यवस्थापनले किसानको अन्नबालिमा क्षेती हुनबाट जोगाएकोछ भने दैनिक रुपमा गौसालामा बढ्दै गएका चौपायाको ब्यवस्थापनमा भने चुनौती बढ्दै गएको छ । यो समाचार तयार पार्दा सम्म गौसालामा ३४ गाई रहेकोछन् । गौसालामा गाईलाई संरक्षण गरेर राखिए संगै हिन्दुधर्म अनुसार पुँजा आजामा गाईको गहुत र गोबर लैजानुका सार्थै गाईलाई पुँजा गर्न गौसालामा आउनेहरुको संख्या बढ्दै गएको छ

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal