छोराको कमाई देखेर बृद्ध आमा दङ्ग
कला राना
स्याङ्जा १६ पुस– गल्याङ नगरपालिका ११ दिमिककी ६५ वर्षीया टोपला अधिकारी यतिबेला दङ्ग हुनुहुन्छ । बृद्धअवस्थामा साथमै छोरा अनि छोराको कमाईले उहाँलाई दङ्ग बनाएको हो । टोपलाका ४५ वर्षीय छोरा सुर्यप्रसाद अधिकारीले १५ वर्ष विदेशी भूमिमा बिताए पनि साहारा चाहिने बेलामा साथमै छोरा अनि छोराको कमाईले उहाँलाई निकै खुसी तुल्याएको छ । सुर्यप्रसादले सुर्य दर्शन एग्रो फार्म दर्ता गरेर हाल दैनिक ५० लिटर दुध विकृ गर्दै आउनुभएको छ ।
अधिकारीले ९ वटा दुहुना गाई भैंसीबाट दैनिक पचास लिटर दूध विकृ गरेर मासिक करिब ५० हजार कमाउदै आउनु भएको छ । खर्च कटाएर वार्षिक ६ लाख रुपैया कमाई हुने अधिकारीले बताउनुभयो । पशुपालन व्यावसाय संगसंगै अधिकारीको फर्ममा च्याउ समेत उत्पादन गर्दै आउनुभएको छ । फार्ममा २५ लाख लगानी गरेको बताउदै अधिकारीले यसमै भविष्य देखेर बिहान देखि बुलुका सम्म फार्ममै व्यस्त हुने गरेको बताउनुभयो । अधिारी भन्नुहुन्छ, ‘सरकारको सहयोग पाएमा भविस्यमा च्याउ खेती, माछापालन, कुखुरा, टर्कीपालन संगै गाउँलाई नै फाम स्टे बनाउने योजना छ ।’ कृषि तथा पशुमा अध्ययन तथा अनुसन्धान गर्न आउन चाहानेहरुलाई आवास सहितको फामस्टे बनाउने बनाउने योजनामा रहेको उहाँले बताउनुभयो ।

६५ वर्षकी आमाको साथ र दुई जना कामदार राखेर कृषि कर्ममा लागेको कृषक अधिकारीले बताउनुहुन्छ । सकरात्मक सोचको विकास हुँन नसक्दा कामदार पाउन गाह्रो हुनेगरेको अधिकारीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश छाडेर विदेश जाँदा जुन काम पनि हामी गछौँ तर आफ्नै गाउँठाउँमा काम गर्ने प्रवृत्तिको विकास छैन् । सकरात्मक सोँचको अलि कमीका कारण कामलाई ठुलो र सानो भनेर हेर्न गर्दा कामदार पाउँन गाह्रो छ ।’ विदेशमा राम्रै पैसा कमाएर पोखरामा परिवारलाई व्यवस्थापन गरिसक्नुभएका अधिकारीलाई गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीको हौसला र आफ्नै ठाउँमा केही गनुपर्छ भन्ने स्वंयम आफ्नो अठोटले आफ्नै जन्मथलोलाई विकास गर्ने प्रेरणा मिलेको हो । झण्डै दुई वर्षदेखि फार्ममा लाग्नुभएका अधिकारीको काम र दाम देखेर अधिकारीकी आमा समेत खुसी हुनुहुन्छ । सुर्यप्रसादकी आमा टोपला अधिकारी भन्नु हुन्छ, ‘काम नगरी बस्नु हुदैन काम गरे हाम्रो शरिरका विभिन्न अंग सञ्चालनमा आउँछन् । व्यायाम पनि हुन्छ, त्यसैले स्वस्थ हुनका लागि पनि आँफुले सक्दो काम गर्नु पर्छ घरमै बसी बसी छोराले नगदेबाली च्याउ र दूध बचेर हातमा पैसा समाउँदा खुशी लागेको सुर्यप्रसादकी आमा टोपला अधिकारीले बताउनु भयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















