ग्रामीण पर्यटनका नायक स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा स्याङ्जाको हुनिकोट सामुदायीक होमस्टे सम्मानित


स्याङ्जा, १५ पुस– ग्रामीण पर्यटनका नायकको रुपमा चिनिनुभएका स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरिएको क्याप्टेन रुद्रमान स्मृति पुरस्कारबाट पुतलीबाजर नगरपालिका २ मा रहेको हुनिकोट सामुदायीक होमस्टेलाई सम्मान गरिएको छ । नेपालमा ग्रामीण पर्यटनको अवधारणा ल्याएर नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँको रुपमा स्याङ्जाको सिरुवारिलाई चिनाउन सफल हुनुभएका स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा स्थापना गरिएको “स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ स्मृति” पुरस्कारबाट हुनिकोट सामुदायीक होमस्टेलाई सम्मान गरिएको हो ।पुतलीबजार नगरपालिका २ हुनिकोट सामुदायीक होमस्टेले ग्रामीण पर्यटनका क्षेत्रमा उत्कृष्ठ व्यवस्थापन गर्न सफल भएको भन्दै बुधबार आयोजित एक कार्यक्रमका बिच गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले नगद र सम्मान पत्र सहित सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङले सुरु गर्नुभएको ग्रामीण पर्यटनले नेपालमा पर्यटनको क्षेत्रमा नयाँ आयाम ल्याएको बताउदै ग्रामीण पर्यटनलाई विस्तार र प्रवद्धन गरेर रोजगारिको सिर्जना गर्नु पर्ने बताउनुभयो । गाउँमा पनि पर्यटक भित्रेयाएर राम्रो आम्दामी गर्न सकिन्छ भन्ने कुराको सुरुवात गरेकोले ग्रमीण पर्यटनका नायक स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ सबैको मन मुटुमा रहिरहने बताउनुभयो । कुलपति गुरुङले पर्यटको रोजाई अनुसारको खानपीन र स्थानिय स्तरको कला संस्कृतिको माध्यामबाट पर्यटकलाई आर्कषित गर्न सकिने भएकोले यस विषयमा राम्रो ध्यान पुर्याउनुपर्ने समेत बताउनुभयो ।

हुनिकोट सामुदायीक होमस्टेका सचिव जमान गुरुङले स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ स्मृति उत्कृट पुरस्कारले आफुहरुलाई हौसला प्रदान गरेको बताउनुभयो । गुरुङले भन्नुभयो यो पुरस्कारले हामीलाई थप हौसला प्रदान गरेको छ, हामी हुनिकोट सामुदायीक होमस्टेलाई थप व्यवस्थीत बनाउदै अगाडी बढ्छौ ।
सिरुवारी ग्रामीण पर्यटन विकास समितिका संयोजक जुम गुरुङले स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको तेस्रो स्मृति दिवशका अवसरमा पुतलीबाजर नगरपालिका २ मा रहेको हुनिकोट सामुदायीक होमस्टेलाई “स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ स्मृति” उत्कृष्ठ पुरस्कार द्वारा सम्मान गरिएको बताउनुभयो । संयोजक गुरुङले तेस्रो स्मृति दिवशको अवसर पारेर रु २५ हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको जानकारी दिनुभयो ।
जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्त कुमार श्रेष्ठले ग्रामीण पर्यटनका नायक स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरिएको उत्कृष्ठ होमस्टे पुरस्कारले गाउँपर्यटनका क्षेत्रमा थप हौसला प्रदान गर्ने बताउनुभयो । पुरस्कारले पर्यटनको क्षेत्रमा लाग्नेहरुले थप उर्जा मिल्नुका साथै व्यवस्थापनमा थप सचेत भएर लाग्ने बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal