वालिङमा ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँचको शुरुवात

वालिङ, १४ पुस– वालिङमा मंगलबारबाट ‘डिजिटल प्रविधि’ बाट जग्गा नापजाँच कार्यको सुरुवात गरिएको छ । विशेष नापी कार्यालय पाल्पाको ७ नं. टोलीका चार जना प्राविधिकहरुद्वारा ‘डिजिटल प्रविधि’ बाट जग्गाको नापजाँच र साँध सँधियार छुट्टयाउने काम थालेको नापी टोलीका प्रमुख ज्योति शाहले बताउनुभयो ।
‘डिजिटल प्रविधि’ को प्रयोगले जग्गा नापी कार्य थप वैज्ञानिक, यथार्थ, तथ्यपरक र पारदर्शी हुने, ब्यक्तिका फरक फरक रहेका टुक्राटुक्री जग्गाहरुको तथ्याङ्क एउटै पद्धतिमा रहने भएकाले पनि यो विधि प्रभावकारी हुने टोली प्रमुख शाहले बताउनुभयो ।
“पहिला फिता लिएर जग्गा जमीनमै जानुपर्ने अवस्था थियो, उक्त विधिप्रति विवाद पनि देखिन्थ्यो” टोली प्रमुख शाहले भन्नुभयो, “‘डिजिटल प्रविधि’ को प्रयोगले साँध सँधियारहरुले हचुवाका भरमा देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने प्रवृत्तिको अन्त्य हुने छ ।”
जग्गा नापीका क्रममा पहिले देखिएका विवादहरु ‘डिजिटल प्रविधि’ को प्रयोगसँगै हराउँदै जाने टोली प्रमुख शाहलको भनाइरहेको छ ।
वालिङ नगरपालिका १ बाट शुरु गरिएको नाप जाँच कार्यलाई जिल्लाका अन्य तहहरुमा पनि पु¥याईने बताईएको छ । जग्गामा नापजाँचका क्रममा कहीँ कतै विवादहरु देखिएमा भूमि ब्यवस्था ऐन तथा नियम अनुसार निरुपण गर्दै अगाडि बढ्ने टोली प्रमुख शाहले बताउनुभयो ।


‘डिजिटल प्रविधि’ बाट जग्गा नाप जाँच गर्दा जग्गाको यथार्थ विवरण आउने विवादरहित हुने भएकाले यो विधि प्रभावकारी हुने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
जमीनको वैज्ञानिक कर तथा सेवाग्राहीको आवश्यकता अनुसार अनलाइन प्रणालीबाट विवरणहरु लिन सकिने भएकाले पनि यो प्रविधिमैत्री र अहिलेको समयको माग अनुसार अगाडि बढेको नगरप्रमुख खाँणले बताउनुभयो ।
“विगतमा फिता लिएर जग्गा नापी गर्दा शतप्रतिशत प्रभावकारी हुन सक्दैनथ्यो, त्रुटिहरु देखिन्थ्यो” नगर प्रमुख खाँणले भन्नुभयो, “ब्यक्तिगत तथा सार्वजनिक जग्गाहरुको यथार्थ स्थिति पत्ता लागउन र विश्वसनियता तथा साँध सँधियारबीच विवादरहित बनाउनका लागि यो विधि अझ बढी प्रभावकारी हुने देखिन्छ ।”

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal