मनकामना केबलकार एक हप्ता बन्द हुने
फाइल तस्विरः
गोरखा, १४ पुस– गोराखामा रहेको मनकामना केबलकार एक हप्ताका लागि बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले पुस १४ गते मंगलबारदेखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मङ्सिर २८ गतेदेखि फेरि सञ्चालनमा आएको थियो । भक्तजनको सङख्या दिनहुँ बढे पनि मर्मत गर्नुपर्ने भएकाले अहिले एक हप्ताका लागि सेवा रोकेको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वलशेरचनले जानकारी दिनुभयो । मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुला रहने छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















