वैकल्पिक कामले राहत दियोः पर्यटन मजदुर

फाइल तस्विरः
पोखरा, १४ पुस– कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदुर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ । उक्त कार्यमा व्यस्त कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताउनुभयो । पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आउनुभएका उहाँले लामो समय घरमा बस्दासमेत दिक्क मानेको अनुभव सुनाउनुभयो । सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आउनुभएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिनुभयो । उहाँले पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना तथा अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताउनुभयो । उहाँले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २ सय ५० जनालाई मजदुरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal