संसद विघटनको विरोधमा कांग्रेस द्वारा देशैभर प्रदर्शन, स्याङ्जामा पनि विरोध


स्याङ्जा, १४ पुस– संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधान विरोधी काम गरेको बताउदै कांग्रेस प्रदर्शनमा उत्रीएको हो ।
नेपाली कांग्रेस स्याङ्जाले संसद विघटनको विरोधमा जिल्ला सदरमुका स्याङ्जा र वालिङमा नाराजुलुस सहित नगरपरिक्रमा गरेर विरोध जनाएको छ । जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य भुमीबहादुर गुरुङले संविधानबाट प्राप्त सबै हकअधिकारहरु सुरक्षीत गर्नुपर्ने बेला आएको बताउनुभयो । ओली सरकारले संविधानको विरुद्ध काम गरेकोले संविधानको रक्षाको लागि खबरदारी गर्नु पर्ने बताउनुभयो ।
यसै गरि वालिङमा भएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै पूर्व सांसद एवं काँग्रेस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले चुनाव पनि नहुने र संसद पनि पुनस्थापना हुन नसकेमा देश संकटको भूमरीमा फस्ने बताउनुभयो । रेग्मीले लोकतन्त्र र संविधानको रक्षाका लागि ओली सरकारको असंवैधानिक निर्णयविरुद्ध लाग्नुको विकल्प नभएको बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिच्ने र लोकतन्त्रमाथि प्रहार गरेका छन् यो काँग्रेसका लागि स्वीकार्य छैन् नेता रेग्मीको भनाई थियो ।

जिल्ला सदरमुकाम र वालिङ भएका छुट्टाछुट्टै कार्यक्रममा कांग्रेसका स्याङ्जाका कार्यवहाक सभापति कुमार राना, प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेल, संविधान सभा सदस्य राजु थापा, गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ, पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली काँग्रेस महासमिति सदस्य भोजराज अर्याल लगायतले बोल्नुभएको थियो

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal