फूलबारी बचत तथा ऋण सहकारीको डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम


स्याङ्जा, १४ पुस– फूलबारी बचत तथा ऋण सहकारी संस्था वालिङ १० को सातौं साधारणसभा अन्र्तगत सोमबार डुम्रेभञ्याङ सेवा केन्द्रमा कार्यक्रम गरिएको छ । सहकारीले यही पुस ७ गतेबाट साधारण सभाको कार्यक्रम शुभारम्भ गरेको थियो । कोभिड १९ का कारण सहकारीले यही पुस १७ गतेसम्म आफ्ना सदस्यहरुको रायसुझाव संकलन गर्ने कार्य गर्नेछ भने १८ गते समापन गर्नेछ । सोमबार डुम्रेभञ्याङ सेवा केन्द्रमा वालिङ नगरपालिका १४ का वडा अध्यक्ष झम्मरबहादुर श्रेष्ठले सुझाव संकलन कार्यक्रमको एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । कर्यक्रममा अध्यक्ष श्रेष्ठले सहकारीमा आवद्ध भई बचत गर्ने बानी बसाल्नुका साथै उत्पादनमुलक कार्यमा जोडिएर आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष शोभाकान्त पौडेलले सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुबीच राय सुझाव संकलन गर्ने, अहिलेसम्मका कार्यप्रगति र भावी योजनाका विषयमा जानकारी गराईएको बताउनुभयो ।


डुम्रेभञ्याङ सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक टेकबहादुर दर्लामीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम संस्थाका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र सचिव नेत्रप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०६९ सालमा स्थापना ६३ जना शेयर दस्यबाट रु १५ लाख ७५ हजार शेयर पूँजीबाट कारोबार सुरु गरेको संस्थामा हाल ९४७ जना शेयर
सदस्य र शेयर पूँजबी २ करोड ३५ लाख ३० हजार ८ सय रहेको छ भने ऋण लगानी रु २३ करोड ८२ लाख ३२ हजार ८ सय ८० रुपैया रहेको छ । निक्षेप तर्फ २१ करोड २५ लाख २३ हजार ७ सय ३७ रहेको सहकारीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal