मन्त्रिपरिषद पुनर्गठन, दुई मन्त्री बिदा कृषि मन्त्रालयको जिम्मेवारी अर्याललाई

काठमाडौं, १० पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री बन्नुभएको छ । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बन्नुभएको छ, भने दावा लामा युवा तथा खेलकुद मन्त्री जुली कुमारी महतो महिला बालबालिका मन्त्री, विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नुभएको छ ।
यसअघि स्वास्थ्यमन्त्री रहनुभएका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्रीको जिम्मेवारी समालदै आउनुभएका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बन्नुभएको छ । महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको छ । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ, भने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाउनुभएको छ । आज थपिएका मन्त्रीहरुको शीतल निवासमा शफत ग्रहण भएको छ भने मन्त्री मण्डलको विस्तार संगै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा हुनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal