वालिङ जेसिजको अध्यक्षमा लम्साल निर्वाचित
वालिङ, ९ पुस– वालिङ जेसीजको १८औँ साधारण सभा तथा १७ औँ शाखा अधिवेशनले वर्ष सन् २०२१ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । बिश्वास लम्सालको अध्यक्षतामा वर्ष २०२१ को लागि कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहनुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा गणेश राउत, निर्भिकनारायण भूर्तेल, रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको निर्वाचन अधिकृत देब बोगटीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वालिङ जेसिजका संस्थापक तथा सल्लाहकार ध्रुव शर्मा पंगेनीले जुझारु युवाहरुको समुह जेसिज भएको भन्दै जेसिजले विगतका समयदेखि नै वालिङमा सकरात्मक र रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । समग्र युवाहरुलाई सहित मार्ग दर्शन गर्नु, युवालाई देश विकासमा जोड्दै विकास निर्माणका काममा समेत जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको सल्लाहकार पंगेनीले बताउनुभयो ।
कार्यक्रममा जेसिजका पुर्व अध्यक्षहरु राजु तिवारी, प्रदिप कोइराला, कानूनी सल्लाहकार ध्रुव पंगेनी लगायतले बोल्नुभएको थियो । वालिङ जेसिज वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















