वालिङ जेसिजको अध्यक्षमा लम्साल निर्वाचित
वालिङ, ९ पुस– वालिङ जेसीजको १८औँ साधारण सभा तथा १७ औँ शाखा अधिवेशनले वर्ष सन् २०२१ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । बिश्वास लम्सालको अध्यक्षतामा वर्ष २०२१ को लागि कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित समितिको कार्यकारिणी उपाध्यक्षमा मणि प्रसाद अर्याल र चुत्र बहादुर महत रहनुभएको छ । त्यस्तै उपाध्यक्षहरुमा गणेश राउत, निर्भिकनारायण भूर्तेल, रोनिश श्रेष्ठ र भानुभक्त आचार्य चयन हुनु भएको निर्वाचन अधिकृत देब बोगटीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वालिङ जेसिजका संस्थापक तथा सल्लाहकार ध्रुव शर्मा पंगेनीले जुझारु युवाहरुको समुह जेसिज भएको भन्दै जेसिजले विगतका समयदेखि नै वालिङमा सकरात्मक र रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउनुभयो । समग्र युवाहरुलाई सहित मार्ग दर्शन गर्नु, युवालाई देश विकासमा जोड्दै विकास निर्माणका काममा समेत जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको सल्लाहकार पंगेनीले बताउनुभयो ।
कार्यक्रममा जेसिजका पुर्व अध्यक्षहरु राजु तिवारी, प्रदिप कोइराला, कानूनी सल्लाहकार ध्रुव पंगेनी लगायतले बोल्नुभएको थियो । वालिङ जेसिज वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















