महिला खेलाडीको प्रोत्साहनका लागि छात्रबृत्ति

वालिङ, ८ पुस– वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको प्रोत्साहनका लागि छात्रबृत्तिको ब्यवस्था गर्ने भएको छ ।
वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पसहरुसँग समन्वय गरी छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“महिला फुटबलमा निक्कै संभावना बोकेको वालिङका महिला खेलाडीहरुलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन ।” वालिङका महिला खेलाडीहरुले विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ जसले नगरको गरिमालाई उचाई पु¥याएको नगर प्रमुख खाँणको भनाई थियो ।
नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षककोरुपमा करारमा नियुक्ति गरेको छ ।
वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा उर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताउनुभयो ।
वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भईसकेका छन् ।
आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रदै छन् ।

वालिङका महिला खेलाडीहरुले विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ जसले नगरको गरिमालाई उचाई पु¥याएको नगर प्रमुख खाँणको भनाई थियो ।
नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षककोरुपमा करारमा नियुक्ति गरेको छ ।
वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा उर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताउनुभयो ।
वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भईसकेका छन् ।
आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रदै छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal