अनलाइनबाट १११ शिक्षकलाई तालिम
स्याङ्जा, ५ पुस– कक्षा एक र दुईका नेपाली भाषा विषय शिक्षकहरूलाई अनलाइन मार्फत अभ्यास पुस्तकको प्रयोग सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक सहयोग र सूर्योदय क्लब स्याङजाको व्यवस्थापनमा स्याङजामा साक्षरता कार्यक्रम सञ्चालित ५५ विद्यालयका १ सय ११ जना शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो ।
तालिममा अभ्यास पुस्तकको औचित्य, अभ्यास पुस्तकको डिजाइन, पुस्तकमा भएका क्रियाकलापहरु तथा सहजीकरण गर्ने विधि, मनोसामाजिक क्रियाकलाप, अभ्यास पुस्तकको प्रयोगको समयावधि, अभ्यास पुस्तक कार्यान्वयनमा शिक्षक तथा अभिभावकको भूमिका आदि विषयमा प्रस्तुतीकरण, छलफल, नमूना प्रदर्शन तथा अभ्यास भएको थियो ।
कोरोना महामारीका कारण विद्यालयहरु बन्द भई हाल विद्यालयहरु पुनः सञ्चालन हुन थालेको अवश्थामा पुस देखि चैत सम्मको लागि रुम टु रिडद्वारा तैयार गरिएको नेपाली भाषा विषयको अभ्यास पुस्तकको प्रयोग कसरी गराउने भन्ने विषयमा तालिम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत राजन सापकोटाले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण रुम टु रिडका राजन सापकोटा र टेक बहादुर ढेंगा तथा सुर्याेदय क्लबका आशिष न्यौपानेले गर्नुभएको थियो । तालिम सहभागिहरुलाई चार समूहमा विभाजन गरेर सञ्चालन गरिएको थियो । कोरोना कहरका विच अनलाइनका माध्याम द्वारा सञ्चालित तालिमले शिक्षकहरुमा उत्साहा थपेको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















