अनलाइनबाट १११ शिक्षकलाई तालिम
स्याङ्जा, ५ पुस– कक्षा एक र दुईका नेपाली भाषा विषय शिक्षकहरूलाई अनलाइन मार्फत अभ्यास पुस्तकको प्रयोग सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । रुम टु रिडको आर्थिक सहयोग र सूर्योदय क्लब स्याङजाको व्यवस्थापनमा स्याङजामा साक्षरता कार्यक्रम सञ्चालित ५५ विद्यालयका १ सय ११ जना शिक्षकहरुको तालिममा सहभागिता रहेको थियो ।
तालिममा अभ्यास पुस्तकको औचित्य, अभ्यास पुस्तकको डिजाइन, पुस्तकमा भएका क्रियाकलापहरु तथा सहजीकरण गर्ने विधि, मनोसामाजिक क्रियाकलाप, अभ्यास पुस्तकको प्रयोगको समयावधि, अभ्यास पुस्तक कार्यान्वयनमा शिक्षक तथा अभिभावकको भूमिका आदि विषयमा प्रस्तुतीकरण, छलफल, नमूना प्रदर्शन तथा अभ्यास भएको थियो ।
कोरोना महामारीका कारण विद्यालयहरु बन्द भई हाल विद्यालयहरु पुनः सञ्चालन हुन थालेको अवश्थामा पुस देखि चैत सम्मको लागि रुम टु रिडद्वारा तैयार गरिएको नेपाली भाषा विषयको अभ्यास पुस्तकको प्रयोग कसरी गराउने भन्ने विषयमा तालिम सञ्चालन गरिएको रुम टु रिडका कार्यक्रम अधिकृत राजन सापकोटाले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण रुम टु रिडका राजन सापकोटा र टेक बहादुर ढेंगा तथा सुर्याेदय क्लबका आशिष न्यौपानेले गर्नुभएको थियो । तालिम सहभागिहरुलाई चार समूहमा विभाजन गरेर सञ्चालन गरिएको थियो । कोरोना कहरका विच अनलाइनका माध्याम द्वारा सञ्चालित तालिमले शिक्षकहरुमा उत्साहा थपेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















