स्याङ्जा र पाल्पा जोड्ने झलुङ्गे पुलको शिलान्यास


स्याङ्जा, ४ पुस– कालिगण्डकी गाउँपालिका ३ वैघा बारिचौरमा शनिबार झलुङ्गे पुलको शिलान्यास गरिएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले एक कार्यक्रमका विच सो पुलको शिलान्यास गर्नुभएको हो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ र पाल्पाको बङनासकाली गाउपालिका ६ मन्द्रान जोड्ने ३ सय ४२ मिटर लम्बाईको पुल संघिय सरकार र स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाको रु दुई करोड ६७ लाखको लागतमा निर्माण गर्न लागिएको हो ।

कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको सो पुल निर्माण कार्य सम्पन्न भएपछि स्याङ्जा र पाल्पाका जनतालाई आवत जावतमा सहज निकै सहजहुने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । थापाले भन्नुभयो, “वारिपारी देख्दा दुरी नजीक भएपनि बिचमा बगेको कालीगण्डकीले टाढा बनाएको थियो पुल निर्माण कार्य सम्पन्न भएपछि हामीलाई एक आपसमा जोड्नेछ ।” गाउँपालिकाको विकास निर्माणमा आफुहरु जनतासंग संगसंगै रहेर काम गरेकोले गाउँपालिका भित्र रहेका धेरै समस्याहरु समाधानको नजिक पुगेको समेत बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal