किसानले उत्पादन गरेका वस्तको जिम्मा नगरपाले लिन्छ ः नगरप्रमुख अधिकारी

गल्याङ, ४ पुस– गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिका भित्र उत्पादित कृषि उपजको विकृवितरण जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ । गल्याङ नगरपालिका ५ सेतीवेणीमा शनिबार भएको निमुवाखर्क बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक उत्सव तथा साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले किसानले उत्पादान गरेका कृषि उपज फाल्नुपर्ने अवस्था आउनदिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘सबै बजेट कटाएर भए पनि कृषकको उत्पादन नगरपालिका आफैले व्यवस्थापन गर्नेछ । तपाईहरु ढुक्कले उत्पादनमा लाग्नुहोस् ।’ उहाँले सेतीवेणी, मोहनडाँडा, निबुवा हुँदै गल्याङ आउने बाटो कृषकहरुले दुध र तरकारी उत्पादन गर्न सकेमा दैनिक रुपमा गल्याङमा ढुवानी गर्न नगरपालिकाले सवारीसाधनको व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले दैनिक पाँच सय लिटर दुध उत्पादन गर्ने योजना बनाएर लाग्न संस्थालाई आग्रह गर्नुभयो । दुग्ध विकास संस्थानले तोकेको दर रेटमा प्रतिलिटर १५ रुपैयाँको अनुदानको व्यवस्थालाई सदुपयोग गर्न नगरप्रमुख अधिकारीले आग्रह गर्नुभयो ।
किसानमा उत्साह आए मात्रै विकास सम्भव हुने भएकाले आफुले कृषिलाई विशेष प्राथमिकतामा राखेको उहाँको भनाई छ ।

नगरप्रमुख अधिकारीले सेतिवेणी शिलामा सञ्चालित गुरुकुलका लागि तत्काल एक लाख रुपैयाँ अनुदानको व्यवस्था गर्ने र बाँकी आवश्यक सहयोग पनि गर्दै जाने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका ५ का अध्यक्ष विष्णुबहादुर क्षेत्री बस्यालले स्थानीय जनताको विकासका कार्यमा वडा लागिरहेको बताउनुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal