इन्जिनियरिङ अध्ययनलाई ब्यवस्थित बनाइने

गल्याङ,१ पुस– गल्याङमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनलाई ब्यवस्थित गरिने भएको छ ।
गल्याङ नगरपालिका ८ मा रहेको महेन्द्रदर्शन माध्यमिक विद्यालयमा सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङको अध्ययनलाई थप व्यवस्थित गरिने भएको हो ।
विद्यालयमा बुधबार आयोजना नव आगन्तुक विद्यार्थीलाई स्वागत एवं अभिभावक भेला गरेर गरिएको एक कार्यक्रममा नगरपालिकाले अध्ययनलाई थप ब्यवस्थि गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले विद्यालयमा सञ्चालनमा आएको प्राविधिक शिक्षालाई व्यवस्थित बनाउन नगरपालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो । उहाँले विद्यालयलाई जिल्लाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि नगरको साथ रहेको समेत स्पष्ट पार्नुभयो । विशेष योजना बनाएर प्रस्तावपत्र तयार पार्न आग्रह गर्दै नगरप्रमुख अधिकारीले नगरपालिका शैक्षिक संस्थाहरुलाई सक्दो सहयोग नर्ग नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले शिक्षाको स्तर बढाउनुपर्ने बताउदै प्राविधिक शिक्षा भए पनि गुणस्तरीय शिक्षा नभएमा त्यस्तो जनशक्तिले प्रतिस्पर्धा गर्न नसक्ने भएकोले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव केदारराज आचार्यले नेपालमा सिपमुलक शिक्षाको कमी रहेको भन्दै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal