नगरपालिकाद्वारा सहकारीलाई कृषि सामाग्री
स्याङ्जा, २५ मङ्सिर, पुतलीबजार नगरपालिकाले सहकारीलाई कस्टम हायरिङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम स्थित पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।
सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले नगरपालिकाले कृषिमा योजना वद्ध रुपमा धेरै काम गरेका बताउदै केही वर्ष भीत्रैमा कृषिमा आत्मनिर्भर हुन सक्ने दावी समेत गर्नुभयो ।
नगरप्रमुख क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै कृषिमा थप लगानी गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो ।
सामाग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग र सुर्याेदय क्लबको व्यवस्थापनमा संचालीत कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरर्गत सामाग्री हस्तान्तरण गरिएको हो । कृषकले उत्पादन गरेका कृषि उत्पादनहरुको बिक्रि वितरणको व्यवस्था समेत मिलाउने नगरपालिकाले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















