नगरपालिकाद्वारा सहकारीलाई कृषि सामाग्री

By: Ramesh Dhakal


स्याङ्जा, २५ मङ्सिर, पुतलीबजार नगरपालिकाले सहकारीलाई कस्टम हायरिङ सेन्टर अन्तरगत विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम स्थित पुतलीबजारमा रहेको नवज्योती कृषि सहकारीलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।
सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि सामाग्री वितरण गर्ने कार्यक्रम अन्तरगत कृषि सामाग्री वितरण गरिएको बताउनुभयो । नगरप्रमुख क्षेत्रीले नगरपालिकाले कृषिमा योजना वद्ध रुपमा धेरै काम गरेका बताउदै केही वर्ष भीत्रैमा कृषिमा आत्मनिर्भर हुन सक्ने दावी समेत गर्नुभयो ।
नगरप्रमुख क्षेत्रीले सहकारीलाई उद्देश्य पुरा गर्न अनुरोध गर्दै कृषिमा थप लगानी गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो । कार्यक्रममा थे्रसर, चेन्स, डिगर मेसिन, स्पेअर र ठेला गाडा सहित ९ प्रकारका सामाग्री हस्तान्तरण गरिएको थियो ।

सामाग्री बुझ्दै सहकारीका अध्यक्ष हिलबहादुर रानामगरले सामाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग र सुर्याेदय क्लबको व्यवस्थापनमा संचालीत कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरर्गत सामाग्री हस्तान्तरण गरिएको हो । कृषकले उत्पादन गरेका कृषि उत्पादनहरुको बिक्रि वितरणको व्यवस्था समेत मिलाउने नगरपालिकाले जनाएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal