बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई कम्बल
नारायण विश्वकर्मा
स्याङ्जा, २६ मंसिर, रम्दीमा रहेको शिव पार्वती बृद्धाआश्रमा बस्दै आएका बृद्धबृद्धाहरुलाई कम्बल वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेसन अमेरिकाले पठाएको कम्बल आश्रममा बस्दै आएका १७ जना बृद्धबृद्धालाई वितरण गरिएको हो ।
हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीले फाण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो । उहाँले फाउण्डेसनले आगामी दिनमा केन्द्रिय कार्यालय संग समन्वय गरेर शिवपार्वती बृद्धाद्धआश्रम सहित गण्डकी प्रदेशका विभिन्न स्थानमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आश्रमका कार्यालय सचिव तथा व्यवस्थापक सुनिल श्रेष्ठले हेम एण्ड माया फाउण्डेसनले गरेको सहयोग प्रसंसनिय रहेको बताउदै आश्रमलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । श्रेष्ठले एकदिन एकदाता कार्यक्रम र दाताहरुको यस्तै सहयोगका कारण आश्रमका बृद्धबृद्धाहरुको जीवन रक्षा भएको भन्दै सहयोगी हात बढाउन अन्य संघ संस्थाहरुलाई समेत आग्रह गर्नुभएको छ ।
पत्रकार नारायण विश्वकर्माले आश्रमा बस्दै आएका बृद्धबृद्धाको लागि फाउण्डेसनले गरेको सहयोग निकै महत्वपुर्ण भएको बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















