बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई कम्बल
नारायण विश्वकर्मा
स्याङ्जा, २६ मंसिर, रम्दीमा रहेको शिव पार्वती बृद्धाआश्रमा बस्दै आएका बृद्धबृद्धाहरुलाई कम्बल वितरण गरिएको छ । हेम एण्ड माया फाउण्डेसन अमेरिकाले पठाएको कम्बल आश्रममा बस्दै आएका १७ जना बृद्धबृद्धालाई वितरण गरिएको हो ।
हेम एण्ड माया फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मीले फाण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताउनुभयो । उहाँले फाउण्डेसनले आगामी दिनमा केन्द्रिय कार्यालय संग समन्वय गरेर शिवपार्वती बृद्धाद्धआश्रम सहित गण्डकी प्रदेशका विभिन्न स्थानमा समस्यामा परेकाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
आश्रमका कार्यालय सचिव तथा व्यवस्थापक सुनिल श्रेष्ठले हेम एण्ड माया फाउण्डेसनले गरेको सहयोग प्रसंसनिय रहेको बताउदै आश्रमलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । श्रेष्ठले एकदिन एकदाता कार्यक्रम र दाताहरुको यस्तै सहयोगका कारण आश्रमका बृद्धबृद्धाहरुको जीवन रक्षा भएको भन्दै सहयोगी हात बढाउन अन्य संघ संस्थाहरुलाई समेत आग्रह गर्नुभएको छ ।
पत्रकार नारायण विश्वकर्माले आश्रमा बस्दै आएका बृद्धबृद्धाको लागि फाउण्डेसनले गरेको सहयोग निकै महत्वपुर्ण भएको बताउनुभयो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















