निर्वाचनमा सेनाका हतियार

मित्र भण्डारी

काठमाडौँ,१० भदौ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।

निर्वाचन सुरक्षाका लागि कुन जिल्लामा कति हतियार आवश्यक छ भन्नेबारे यकिन गरी प्रहरी प्रधान कार्यालयले सेनाबाट लिने हतियार सिधै प्रदेश प्रहरी कार्यालयमार्फत उपलब्ध गराउने गरी समन्वय भइरहेको जनाएको छ। सेनाबाट हतियार लिन र फिर्ता गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश तहबाट लिने र बुझाउने गरी प्रस्ताव गरिएको प्रहरी मुख्यालयले जनाएको छ। नेपाली सेनाका चारवटा कमान्ड मुख्यालय, बाहिनी, गण र गुल्ममा प्रयोग भइरहेका साना हतियार लिने तयारी गरिएको हो। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै  चरणमा सम्पन्न गर्दा मतदान स्थल, मतदान केन्द्र र मतपेटिकाको सङ्ख्या वृद्धि गर्नुपर्छ। यस पटकको निर्वाचनमा झन्डै पाँच लाख नयाँ मतदाताको सङ्ख्यासमेत वृद्धि भएको छ।

आगामी निर्वाचनमा देशभर २२ हजार ५३४ मतदान केन्द्र रहने र त्यसको सुरक्षाका लागि ७१ हजार ६९३ प्रहरी र एक लाख २० हजार म्यादी प्रहरी परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्यादी प्रहरी भर्ना गर्दा पूर्वसुरक्षाकर्मीलाई प्राथमिता दिने तयारी गरिएको छ। 

निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले एक हजार ३७८ वटा सानो सवारी साधन (पिकअप)सहित ११६ वटा भाडाका बस र गस्तीका लागि एक हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन प्रयोजनका लागि ६८५ वटा विभिन्न प्रकारका सवारी साधन खरिदलगायत निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ।गोप

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal