प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि आजदेखि दल दर्ता
काठमाण्डाै,१० भदौ– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिक तर्फको दल दर्ता आजदेखि सुरु हुनेभएको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दलहरुले यहि मंसिर १२ गतेसम्म निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौमा दल दर्ताको निवेदन बुझाउन सक्ने जनाएको छ ।
प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को अनुसूची–४ अनुसार हरेक प्रदेशको लागि अलग अलग निवेदन पेस गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
एकल चुनाव चिह्न लिइ संयुक्त रुपमा चुनावमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रुपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्ति र ती दलहरुले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा अधिकार प्राप्त व्यक्तिहरुले संयुक्त हस्ताक्षरसहित निवेदन दिनुपर्ने व्यवस्था छ ।
दलबाट आएका निवेदन आयोगले १३ गते प्रकाशन गर्नेछ । भदौ १५ मा अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रममा उल्लेख छ । आयोगको यसअघि बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अन्तर्गत राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।
त्यस्तै उम्मेदवारको बन्दसूचीबारे असोज २२ मा सूचना प्रकाशन गर्ने कार्यसूची छ । कात्तिक ९ गते बन्दसूचीको अन्तिम प्रकाशन गर्ने आयोगले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















